दिल्लीबाट एक महिलाको उद्धार « Khabarhub

दिल्लीबाट एक महिलाको उद्धार


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत हुदै तेस्रो देश वैदेशिक रोजगारीमा लैजान लागिएकी एक महिलाको उद्धार गरिएको छ ।

भारतको राजधानी नदिल्लीबाट हेल्प मिशनका अध्यक्ष कवि कार्की र सचिव महेन्द्र केसीले ती महिलालाई उद्धार गरि परिवारलाई जिम्मा लगाएका छन् । उद्धार गरिएकी चेलीलाई टेकनारायण पौडेलको रोहवरमा उनकी दिदी जमुना सापकोटालाई जिम्मा लगाएको कार्कीले जानकारी दिए ।

उद्धार गरिएकी महिलालाई रोजगारीमा तेस्रो देश पठाउन दिल्ली पुराएको थियो । उनलाई दलाल राजकुमार श्रेष्ठ (राज)ले ३ महिनामा दिल्लीमा बन्धक बनाएर राखेका थिए । उद्धार गरिएकी महिलाका अनुसार तीन महिनासम्म दिल्लीमा बन्धक बनाएर राखेको बताइन ।

उनलाई दलालले नक्कली भिसा, नक्कली पुलिस रिपोर्ट, नक्कली टिकट बनाएर भारत, श्रीलका हुदै कुवेत पठाउने आश्वासन दिएको उनको भनाइ छ ।

श्रीलंका हुँदै खाडीका देश र कुवेत पठाउने बहानामा भारतको पूर्वोत्तर राज्य असम, र दिल्लीमा आफु जस्ता धेरै महिला रहेको उद्धार गरिएकी महिलाले जानकारी दिएको मिशनका अध्यक्ष कार्कीले भनाई छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  १२ : ४७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन