भारतमा फानीको वितण्डा, नेताहरुको चुनावी कार्यक्रम समेत प्रभावित ! « Khabarhub

भारतमा फानीको वितण्डा, नेताहरुको चुनावी कार्यक्रम समेत प्रभावित !


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– शुक्रबार बिहान ८ बजे पूर्वी भारतको उडिसा राज्यको तटमा प्रहार गरेको समुद्री आँधी फानी हाल विस्तारै उत्तर–पूर्वतर्फ बढिरहेको छ । जमिनमा प्रहार गर्ने समयमा करिब २ सय किलोमिटर प्रतिघण्टाको गतिमा आएर विस्तारै कमजोर बन्दै गइरहेको फानी हाल १ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा पश्चित बंगालतर्फ बढिरहेको हो ।

आँधीले हाल उडिसा, पश्चिम बंगाल, आन्ध्र प्रदेश राज्यमा भीषण वर्षा गराइरहेको छ भने आँधीले ल्याएको बायुबाट नेपाल र बंगलादेशका भू–भागसहित पूर्वी भारतीय राज्यहरु बिहार, झारखण्ड लगायतका क्षेत्रमा पनि वर्षा भइरहेको छ । उडिसा राज्यका मुख्यमन्त्री नवीन पटनायकले आँधी प्रभावित क्षेत्रका मानिसहरुलाई घरभित्रै रहन अपिल गरेका छन् ।

आँधीले उडिसा राज्यका ठाउँठाउँमा रुख, बिजुलीका खम्बा तथा अन्य पूर्वाधार ढालिदिएको छ । आँधीका कारण आन्ध्र प्रदेश तथा उडिसा राज्यका तटीय क्षेत्रमा रहेका पुराना भवनहरु केही पूर्ण रुपमा तथा केही आंशिक रुपमा क्षतिग्रस्त भएको जनाइएको छ । त्यस्तै, पूर्वी भारतका आँधी प्रभावित क्षेत्रका सरकारी कार्यालय, विद्यालय, रेलसेवा, हवाई उडान ठप्प छन् । पूर्वाधारमा क्षति पुगेपछि त्यहाँ अधिकांश स्थानमा विजुली बलेका छैनन् भने टेलिफोन, मोबाइल सेवा पनि बन्द छन् ।

आँधीबाट हालसम्म कम्तिमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ । उडिसा राज्यको पुरी शहरमा रहेको सखिगोपाल क्षेत्रमा रुखले किचेर १ जनाको मृत्यु भएको भारतको अल इण्डिया रेडियोले जनाएको छ । त्यसबाहेक आँधी प्रभावित क्षेत्रका मानिसहरुलाई आँधी आउनु अघि नै सुरक्षित स्थानमा सारिएकाले आँधीबाट ठूलो मानवीय क्षति नभएको बताइको छ ।

त्यस्तै, आँधी प्रभावित क्षेत्रमा सयौं उद्धार तथा राहतकर्मी परिचालन गरिएको छ । उडिसा, पश्चिम बंगाल र आन्ध्र प्रदेशमा नेशनल डिजास्टर रेसपन्स फोर्स (एनडीआरएफ)का जवानहरु परिचालन गरिएको र उनीहरुले उद्धारको कामलाई तीब्रता दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आम चुनावको सरगर्मी चढिरहेका बेला आँधी आएपछि केही उम्मेद्वारहरुले आफ्नो चुनावी अभियान स्थगित गरेको घोषणा गरेका छन् । पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले आँधीलाई मध्यनजर गर्दै आफ्नो चुनावी अभियान ४८ घण्टाका लागि स्थगित गरिएको घोषणा गरेकी हुन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  २ : ०५ बजे

अफ्रिकाका ५३ देशका लागि चीनको शून्य–कर घोषणा

एजेन्सी– चीनले अफ्रिकाका अधिकांश देशहरूसँग व्यापार सहज बनाउने उद्देश्यले ठूलो

इरानमाथि ठूलो हमलाको योजना तयार, हाइपरसोनिक मिसाइल प्रयोग हुन सक्ने 

एजेन्सी– अमेरिकाले इरानविरुद्ध ठूलो हमलाको योजना तयार गरिरहेको छ ।

अनिश्चित भविष्य बोकेर काम गर्न बाध्य छन् नेपाली श्रमिक 

काठमाडौं– हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस

एनएम निर्वाचन : काठमाडौं उपत्यका भित्र आज र भोली मतदान हुँदै 

काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौं

डोजरबाट जोगिन बुद्धनगरबासीले टाँसे लालपूर्जा र नक्सापास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि भित्तामा जग्गाको