काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गरेकी छिन् ।
सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्नका लागि राष्ट्रपति भण्डारी शुक्रबार (आज) शीतलनिवासबाट बानेश्वरस्थित संघीय संसद भवन पुगेकी थिइन् ।
राष्ट्रपतिको सवारीका कारण दिउँसो साढे तीनबजेबाट शितलनिवासदेखि पुतलिसडक माइतीघर हुँदै बानेश्वर सम्मको रुट अस्तव्यस्त बनेका थिए ।
राष्ट्रपति भण्डारी संघीय संसद भवन पुग्दा प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत गरेका थिए । त्यस्तै राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
हेरौं राष्ट्रपति सवारीका केही तस्वीर
प्रतिक्रिया