चौकी आक्रमण गर्ने विप्लवको प्रयास, पूर्व सूचना पाएपछि चौकी छोडेर हिँड्यो प्रहरी | Khabarhub Khabarhub

चौकी आक्रमण गर्ने विप्लवको प्रयास, पूर्व सूचना पाएपछि चौकी छोडेर हिँड्यो प्रहरी


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी(विप्लव समूह) को प्रहरी चौकी आक्रमण गर्ने प्रयास असफल भएको छ ।

आइतवार राति सोलुखुम्बुको एक प्रहरी चौकी आक्रमण गर्न गएका विप्लवका कार्यकर्ता चौकीमा प्रहरी नभएपछि त्यतिकै फर्किएका थिए ।सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्न गएका विप्लव कार्यकर्ता चौकीमा प्रहरी नै नभएपछि आक्रमण नगरि फर्किएका स्रोतले खबरहबलाई जानकारी दियो ।

‘राति विप्लव समूहले चौकीमा आक्रमण गर्दैछ भन्ने सूचना पाएपछि प्रहरी चौकी छोडेर हिँडेको थियो’ स्रोतले भन्यो,‘चौकी रित्तै फेला परेपछि विप्लवका कार्यकर्ता यसै फर्किए ।’

विप्लवले चौकी हान्ने सूचना पाएपछि हतियारसहित प्रहरी अन्यत्रै सरेको उच्च सूरक्षा स्रोतले जानकारी दियो । तर सोलुखम्बु प्रहरी प्रमुख डीएसपी शालिकराम शर्मा पौडेललाई सम्पर्क गर्दा भने उनले यसबारेमा प्रतिक्रिया दिन चाहेनन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले भने आफूलाई यस विषयमा थाहा नभएको र अब बुझ्ने प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  १ : २९ बजे

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

जनकपुरधाम– सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप एक लाख ७६

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु