चौकी आक्रमण गर्ने विप्लवको प्रयास, पूर्व सूचना पाएपछि चौकी छोडेर हिँड्यो प्रहरी « Khabarhub

चौकी आक्रमण गर्ने विप्लवको प्रयास, पूर्व सूचना पाएपछि चौकी छोडेर हिँड्यो प्रहरी


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी(विप्लव समूह) को प्रहरी चौकी आक्रमण गर्ने प्रयास असफल भएको छ ।

आइतवार राति सोलुखुम्बुको एक प्रहरी चौकी आक्रमण गर्न गएका विप्लवका कार्यकर्ता चौकीमा प्रहरी नभएपछि त्यतिकै फर्किएका थिए ।सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्न गएका विप्लव कार्यकर्ता चौकीमा प्रहरी नै नभएपछि आक्रमण नगरि फर्किएका स्रोतले खबरहबलाई जानकारी दियो ।

‘राति विप्लव समूहले चौकीमा आक्रमण गर्दैछ भन्ने सूचना पाएपछि प्रहरी चौकी छोडेर हिँडेको थियो’ स्रोतले भन्यो,‘चौकी रित्तै फेला परेपछि विप्लवका कार्यकर्ता यसै फर्किए ।’

विप्लवले चौकी हान्ने सूचना पाएपछि हतियारसहित प्रहरी अन्यत्रै सरेको उच्च सूरक्षा स्रोतले जानकारी दियो । तर सोलुखम्बु प्रहरी प्रमुख डीएसपी शालिकराम शर्मा पौडेललाई सम्पर्क गर्दा भने उनले यसबारेमा प्रतिक्रिया दिन चाहेनन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले भने आफूलाई यस विषयमा थाहा नभएको र अब बुझ्ने प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  १ : २९ बजे

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ

गगनलाई बधाई दिँदै प्रदीपले भने- ‘अलमलिने र थाक्ने छुट छैन’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन