वर्षा ‘ट्रोल’ भएपछि श्रीमान् सञ्जोगले भने – म तिमीलाई संरक्षण गर्नेछु « Khabarhub

वर्षा ‘ट्रोल’ भएपछि श्रीमान् सञ्जोगले भने – म तिमीलाई संरक्षण गर्नेछु


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – ‘जात्रै जात्रा’ को प्रचारका क्रममा अस्ट्रेलिया पुगेकी नायिका वर्षा राउतले लगाएको पोशाकका कारण उनी ट्रोलको शिकार हुनुपर्‍यो । सामाजिक सञ्जालमा वर्षाका अनेक किस्सा जोड्दै उनलाई उडाइयो । अस्ट्रेलियामा पुगेर दर्शकसँग खिचेका केही तस्वीरमा उनी केही खुलेकी थिइन् । तर, ती तस्वीरलाई लिएर ट्रोलरले विभिन्न ट्रोल बनाइदिए ।

यसले वर्षालाई पक्कै चोट पुर्‍याएको हुनुपर्छ तर उनी यसबारेमा बोलेकी छैनिन् ।

हालै वर्षाका पति सञ्जोग कोइरालाले भने वर्षालाई हौसला दिने गरी अभिव्यक्ति दिएका छन् । उनले जस्तोसुकै परिस्थितिमा पनि आफूले साथ दिने बताएका छन् ।

‘जस्तोसुकै कठिन परिस्थितिमा पनि म तिमीलाई माया, आदर र संरक्षण गर्छु, म तिमीलाई सधै खुशी राख्नेछु र दुवै मिलेर खुशी साट्नेछौँ,’ अभिनेता तथा व्यवसायी सञ्जोग कोइरालाले भनेका छन्, ‘तिमी बोल्नुभन्दा पनि काम गरेर देखाउँछौँ, तिमी यहाँ पूर्ण हुन हैन, वास्तविक बन्न आएकी हौ ।’

साथै उनले वर्षासँगका दुई तस्वीर पनि शेयर गरेका छन् । यो जोडी केही समयअघि हनिमूनका लागि युरोप पुगेका थिए । वर्षा अभिनित फिल्म ‘जात्रै जात्रा’ तेस्रो हप्तामा सफलताका साथ चलिरहेको छ । यो फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । वर्षा यही फिल्मको प्रचारका लागि निर्माण टिमसँग अस्ट्रेलिया पुगेकी थिइन् । अस्ट्रेलियामा हुँदा वर्षाले लगाएको पोशाकका कारण चर्चासँगै ट्रोलको शिकार बन्न पुगेकी हुन् ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ३ : ४२ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले