विप्लवले चौकी आक्रमण प्रयास गरेपछि महाकुलुङमा हवाई गस्ती « Khabarhub

विप्लवले चौकी आक्रमण प्रयास गरेपछि महाकुलुङमा हवाई गस्ती


२० जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– सोलुखुम्बुको महाकुलुङ गाउँपालिका – ३ छेस्काममा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहले चौकी आक्रमणको प्रयास गरेपछि अहिले सुरक्षाकर्मीको टोलीले हवाई गस्ती गरिरहको छ ।

विप्लव समूहका कार्यकर्ताको उपस्थित बाक्लो भएपछि बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत तैथान गरिएको छ । प्रहरीले नेपाली सेनाको हेलिकोप्टरबाट गस्ती गरिरहेको छ ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले प्रहरीले हेलिकोप्टर माग गरेपछि सेनाले हेलिकोप्टर उपलब्ध गराएको बताए । उनले भने, ‘प्रहरीले मागपछि हेलिकोप्टर उपलब्ध गराएका हौँ, सेना परिचालन भएको छैन।’

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी शालिकराम शर्मा पौडेलले सुरक्षाकर्मीको उपस्थिति बढाइएको बताए । तर, विप्लव समूहले गरेको आक्रमण प्रयासको बारेमा भने उनले बोल्न चाहेनन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार  २ : २५ बजे

नेपाल भ्रमणमा रहेको चिनियाँ सांस्कृतिक टोली सम्मानित

काठमाडौँ- नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यिक एवं सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– जय नेपाल पार्टीले यही कात्तिक १६ गतेका लागि तय

मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू) 

काठमाडौँ  – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

काठमाडौँ– सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने