विप्लवले चौकी आक्रमण प्रयास गरेपछि महाकुलुङमा हवाई गस्ती « Khabarhub

विप्लवले चौकी आक्रमण प्रयास गरेपछि महाकुलुङमा हवाई गस्ती


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– सोलुखुम्बुको महाकुलुङ गाउँपालिका – ३ छेस्काममा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहले चौकी आक्रमणको प्रयास गरेपछि अहिले सुरक्षाकर्मीको टोलीले हवाई गस्ती गरिरहको छ ।

विप्लव समूहका कार्यकर्ताको उपस्थित बाक्लो भएपछि बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत तैथान गरिएको छ । प्रहरीले नेपाली सेनाको हेलिकोप्टरबाट गस्ती गरिरहेको छ ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले प्रहरीले हेलिकोप्टर माग गरेपछि सेनाले हेलिकोप्टर उपलब्ध गराएको बताए । उनले भने, ‘प्रहरीले मागपछि हेलिकोप्टर उपलब्ध गराएका हौँ, सेना परिचालन भएको छैन।’

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी शालिकराम शर्मा पौडेलले सुरक्षाकर्मीको उपस्थिति बढाइएको बताए । तर, विप्लव समूहले गरेको आक्रमण प्रयासको बारेमा भने उनले बोल्न चाहेनन् ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  २ : २५ बजे

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : पूर्वप्रधानन्यायाधीश रेग्मी

काठमाडौं – पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता र एकजुटताका

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम