आईफोन ११ आगामी सेप्टेम्बरमा सार्वजनिक हुने आंकलन, यस्ता नयाँ फिचर्स थपिने विश्वास « Khabarhub

आईफोन ११ आगामी सेप्टेम्बरमा सार्वजनिक हुने आंकलन, यस्ता नयाँ फिचर्स थपिने विश्वास


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वकै लोकप्रिय ग्योजेट कम्पनी एप्पलले आईफोनको नयाँ संस्करण ‘आईफोन ११’ आगामी सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको छ । मिडिया रिपोर्टअनुसार एप्पलले आईफोन ११ का साथै नयाँ आईप्याड तथा नयाँ म्याकबुक प्रो पनि सँगै सार्वजनिक गर्न सक्नेछ ।

एप्पलको नयाँ संस्करणको आईप्याडमा १० दशमलब २ इन्चको डिस्प्ले स्क्रिन र म्याकबुकमा १६ इन्चको स्क्रिन हुने छ ।

एप्पलले अहिलेसम्म आईफोन ११ का साथै आईप्याड र म्याकबुकबारे जानकारी सार्वजनिक गरेको छैन । यद्यपि प्रयोगकर्ताहरुका लागि भने आईफोन ११ बहुप्रतिक्षित ग्याजेट बनेको छ ।

आईफोन ११ मा पेन्सिल सपोर्ट

एप्पलसँग सम्बन्धित विश्लेषकको भनाइलाई मान्ने हो भने आईफोन ११ मा एप्पल पेन्सिलको सपोर्ट मिल्ने छ । यदि यसो भएको खण्डमा पेन्सिल सपोर्ट गर्ने यो पहिलो आईफोन हुनेछ । यसको सहायतामा प्रयोगकर्ताले सहज रुपमा थुप्रै काम गर्न सक्नेछन् ।

आईफोन ११ मा रहेको टप भेरिएन्टको रुपमा १० मेगापिक्सेलको सेल्फी क्यामरा तथा १४ मेगापिक्सेलको रियर क्यामरा हुने मानिएको छ ।

यसका साथै एप्पले सार्वजनकि गर्न लागेको नयाँ आईप्याड भने गत जुनमा भएको एप्पल वल्र्डवाइड डेभलोपर्स कन्फ्रेनस (डब्लुडब्लुडीसी) २०१९ मा प्रदर्शन गरिएको थियो ।

कम्पनीले यसलाई आईओएस १३ का साथ सार्वजनिक गर्न सक्ने अनुमान गरिएको छ । एप्पलले आईओएस १३ मा थुप्रै एड्भान्स फिचर्स दिएको छ ।

यसमा पहिलो पटक डार्क मोड पनि राखिएको छ । यसको होम स्क्रिनलाई रिडिजाइन गरिएको छ । जसबाट प्रयोगकर्ताले नयाँ इन्टरफेस प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ५ : ३० बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न