प्रधानमन्त्री र मन्त्रीहरुबीच दोस्रोपटक भिडियो कन्फरेन्स « Khabarhub

प्रधानमन्त्री र मन्त्रीहरुबीच दोस्रोपटक भिडियो कन्फरेन्स


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्योपचारका क्रममा सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सदस्यहरुबीच आज दोस्रो पटक भिडियो कन्फरेन्स (टेलिप्रिजेन्स) प्रविधिबाट छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले यसबीचमा भएका सरकारका कार्यप्रगतिबारे अन्य मन्त्रीहरुको उपस्थितिमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँग ब्रिफिङ लिएर आवश्यक निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले बताए । यसअघि यही भदौ ९ गते पहिलो टेलिप्रिजेन्स छलफल भएको थियो । यसलाई मन्त्रिपरिषद्को औपचारिक बैठक नभएको बताइएको छ ।

प्रधानमन्त्री विदेशमा वा अनुपस्थित रहेका बेलामा पनि सूचना प्रविधिको प्रयोग गरी मन्त्रिपरिषद्का बैठक र छलफल गर्न सकिने कार्यविधि नेपाल सरकारले यसअघि पारित गरेको थियो ।

यही भदौ ५ गते उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीको प्रत्यारोपण गरिएको मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रालाई शरीरबाट निस्काशन गरी निराकरणका लागि प्लाजा फेरेसिसको चक्र पूरा हुन लागेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ । प्रधानमन्त्री ओली यही भदौ २० गते स्वदेश फर्कने पूर्वनिर्धारित कार्यक्रम छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ५ : ०९ बजे

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक

ग्लोबल साउथको आर्थिक पहुँचमा केन्द्रित ब्रिक्स सम्मेलन सम्पन्न, तनावबीच सहकार्यको खोजी

काठमाडौं– नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ ।

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५