हङकङकी प्रमुख भन्छिन् – ‘विकल्प भए राजीनामा दिएर माफी माग्ने थिएँ’ « Khabarhub

हङकङकी प्रमुख भन्छिन् – ‘विकल्प भए राजीनामा दिएर माफी माग्ने थिएँ’


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– हङकङकी प्रमुख कार्यकारी क्यारी लामले आफूले शहरमा राजनीतिक संकट सल्काएर ‘अक्षम्य बिनाश’ निम्त्याएको र विकल्प भएको खण्डमा आफूले राजीनामा दिने स्वीकार गरेको खुलासा भएको छ ।

व्यापारिक प्रतिनिधिहरुसँग कुराकानी गरेको गोप्य अडियो रेकर्डलाई उदृत गर्दै रोयटर्सले जनाएअनुसार प्रमुख कार्यकारी लामले अङ्ग्रेजीमा सम्बोधन गर्दै ‘आफूसँग कुनै विकल्प बाँकी रहेको भए सर्वप्रथम आफूले राजीनामा दिने र माफी माग्ने’ उल्लेख गरेकी छिन् ।

गतसाता रेकर्ड गरिएको भनिएको उक्त अडियोमा उनले पछिल्लो समय शहरमा जारी राजनीतिक संकटले चीनका लागि राष्ट्रिय सुरक्षा र सार्वभौमिकतामा प्रश्न उठाएका कारण आफूसँग सीमित मात्र विकल्प रहेको जनाएकी छिन् ।

हङकङमा गत जुन महिनायता विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा शुरु भएको प्रदर्शन पछिल्लो समय अधिक लोकतन्त्र, मानवअधिकार, व्यक्तिगत स्वतन्त्रताका विषयमा केन्द्रीत रहँदै आएको छ । प्रदर्शनकारीले लामो समयदेखि लामको राजीनामाको माग समेत गर्दै आएका छन् ।

लामले यसअघि पनि राजीनामा दिने मनस्थिती बनाएको तर मुख्यभूमि चीनको सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरुको दबाबका कारण उनले राजीनामा दिन भने नसकेको समाचार सार्वजनिक हुँदै आएका छन् ।

हङकङमा जारी प्रदर्शनलाई बेलायतबाट चीनलाई हस्तान्तरण गरियताकै सबैभन्दा व्यापक प्रदर्शनका रुपमा हेरिएको छ । हङकङमा जारी प्रदर्शन सन् २०१२ मा चिनियाँ राष्ट्रपति बनेयता सी जिनपिङका लागि सबैभन्दा ठूलो राजनीतिक संकटका रुपमा लिइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ८ : ५० बजे

नोबेल साहित्यमा महिला लेखकको चर्चा

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र

बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू)

काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

काठमाडौँमा भारी वर्षा : कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा ओत खोज्दै प्रतिनिधि

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार

नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता