रमिता हेरेर बित्छ नेपालमा काम गर्न आउने विदेशीको दशैं « Khabarhub

रमिता हेरेर बित्छ नेपालमा काम गर्न आउने विदेशीको दशैं


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा रोजगारीको खोजीमा धेरै विदेशी नागरिक आउने गरेका छन् ।

निर्माण क्षेत्र, तरकारी फलफुल बेच्न्, पेन्ट्रिङ, बिजुली, होटल ठुला आयोजनामा विदेशी नागरिक रोजगारीका लागि आउने गरेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तंथ्याकमा छ ।

यसरी रोजगारीका लागि आएका विभिन्न देशका नागरिकले दशैं तिहारमा पनि नेपाली समाजमा घुलमिल भएर मनाउने गरेको बताउँछन् ।

श्रम विभागका अनुसार शिक्षक, पाइलट, इन्जिनियर, स्टेसन म्यानेजर, नर्स, प्रोजेक्ट म्यानेजर, कन्ट्री डाइरेक्टर, लबेर र अन्य क्षेत्रमा विदेशी नागरिकले काम गर्दै आएका छन् ।

यसरी रोजगारीका आएका विदेशी नागरिकले नेपालीको महानचाड दशैंमा रमाइलो गरेर अथवा रमिता हेरेर मनाउन गरेका बताँछन् ।

नेपालमा तीन वर्षदेखि निर्माण क्षेत्रमा काम गदै आएका भारत विहारका राजन कलाउ साहले दशैं मालिकको घरमा गएर मनाउने गरेका बताँछन् ।

साहले भने, ‘दशैका टीका दिन बाहेक काम नै गरेर बित्छ । दशैंमा सबै जना टीका लगाएर बाटोमा हिडेको देख्दा रमाइलो लाग्छ । दशैं रमिता हेरेर नै माउने गरेको छु ।’

उनले भने, ‘नेपालमा दशैं मनाएको देख्दा खुशी लाग्छ । नेपालीहरुमा चाडर्वको सदभाव धेरै राम्रो छ । नेपालीहरुको चाडपवमा आफनोपन हुन्छ ।’

दशैंमा नेपालमै रमाइलो लाग्दछ अनि घर नजाने गरेको उनको भनाई छ । उनी छिन्ताङ कन्टक्सनमा कायरत छन् ।

यसैगरी, बंगलादेशबाट निर्माण क्षेत्रमा काम गर्ने आएको आपज राहोद पनि दशैंका बेला रमिता हेरेर मनाउने गरेका बताउँछन् । ५ वर्षदेखि नेपालमै दशैं मनाउदै राहोदले बताए ।

‘म सात वर्षदेखि फर्निचरमा काम गदै आएको छु । ४ वर्षबाट भुकम्प प्रभावित क्षेत्रमा निर्माण भएका घरमा र सरकारी भवनमा फर्निचरको काम गर्छु । दशैं पनि उत्तै बित्छ । दशैं मनाएको रमिता नै हेरेर बित्छ,’ उनी भन्छन् ‘नेपालमा दशैं तिहार जस्ता महान चाडपर्व मनाएको देख्दा नेपाली नै भएर पो बसाऊ कि जस्तो लाग्छ । नेपालमा मजाले खुलेर चाडपर्व मनाउँछन ।’

छोटो छुट हुँदा घर गएर आउन मुश्किल हुने भएका कारण नेपालमै साथीभाइसँग मिलेर दशै मनाउने गरेको भारतको उत्तर प्रदेशबाट रोजगारीका लागि आएको रजिव पञ्जेले बताएका छन् । ‘दशैंमा नेपालमै रमाइलो हुन्छ । तिहार चाँही भारतमै मनाउन हो । यो वर्षको दशै चाँही नेपालमा रमिता हेरेर बित्छ जस्तो छ ।’ उनी हाइट्रोमा काम गर्ने इन्जियर हुन् ।

उनीहरु जस्ता ९ लाखभन्दा धेरै विदेशी नागरिक नेपालमा विभिन्न क्षेत्रमा रोजगारी गरिरहेका छन् ।

नेपालमा काम गर्न स्वीकृति लिनेमा संयुक्त राष्ट्रसंघले कडा नाकाबन्दी लगाएको मुलुक उत्तर कोरियादेखि भारत, अमेरिका, फ्रान्स, बेलायत, चीनलगायत ५६ मुलुकका नागरिक छन् ।

प्राथमिक तहमा पढाउने शिक्षक इन्जिनियर, डाक्टरदेखि विभिन्न विदेशी परियोजनाका लागि ‘कन्ट्री डाइरेक्र’सम्मले श्रम स्वीकृति लिएर रोजगारी गरिरहेका छन् । उनीहरुले दशैमा नेपालमा मनाउने गरेका छन् ।

नियमावलीमा कुनै पनि रोजगारदाताले आफ्नो प्रतिष्ठानमा चाहिने कुल श्रमिकको पाँच प्रतिशतभन्दा बढी विदेशी श्रमिकलाई काममा लगाउन नपाउने उल्लेख व्यवस्था छ । तर, दक्ष शक्ति नेपालमा नपाउने हुँदा श्रम नियमावली उल्लंघन गर्दै कतिपय विदेशी संस्थाले आफूखुशी विदेशी जनशक्ति राखेका छन् ।

नेपालमा धेरै विदेशी रोजगारीका कार्यरत छन् । दशैंका समयमा कतिपय नेपालमै कामदार गरेर बिताउने गरेका छन् । भने धेरै घर विदामा जाने गरेको बताउँछन् ।

नेपालमा काम गर्ने सजिलो हुने उनीहरुको भनाइ छ । नेपालमा रोजगारीका लागि आउन सार्क राष्ट्रका नागरिकलाई श्रम अनुमति चाहिदैन् । हालै लागू भएको श्रम नियमावलीको नियम १३ मा विदेशी श्रमिकको संख्या र अभिलेखसम्बन्धी व्यवस्था छ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  १० : ०३ बजे

कुनै दललाई नचिढ्याउने पक्षमा रास्वपा

काठमाडौं– अबको एक हप्तापछि देशमा नयाँ सरकार बनाउने कसरत चलिरहेको

‘लालीबजार’ गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’को पहिलो गीत

धुलिखेल–खावा सडक : चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

काभ्रे- अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर– कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ