खसी माग्ने र धम्की दिने प्रहरीलाई कारवाही होस्– कांग्रेस « Khabarhub

खसी माग्ने र धम्की दिने प्रहरीलाई कारवाही होस्– कांग्रेस


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेका प्रहरी नायव उपरीक्ष हेमबहादुर शाहीमाथि विभागीय कारवाही गर्न माग गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो माग गरेका हुन् ।

‘धम्कीको रेकर्ड सार्वजनिक छ, नेपाल प्रहरीले कोहलपुर काण्डका नाइकेलाई तत्काल विभागीय अनुसन्धानको दायरामा ल्याओस्,’ ट्वीटरमा शर्माले लेखेका छन्,‘प्रहीको मर्यादा हामी राख्छौं, निष्पक्ष छानबिनलाई सघाउँछौं तर खुलेआम गुण्डागर्दी गरेर बर्दीको हुर्मत लिने ती महोदयलाई सत्य सेवा सुरक्षणम्रको तीन मन्त्र पुन पढाइयोस् ।’


शुक्रवार प्रहरीले नेपाली कांग्रेस निकटको युवा संगठन नेपाल तरुण दलका नेपालगञ्ज नगर अध्यक्ष सन्दीपजंग शाहसहित पाँच जनालाई लोड गरिएको पेस्तोलसहित नियन्त्रणमा लिएको जनाएको थियो ।

तर शुक्रवार दिउँसो नै एक अडियो सार्वजनिक भयो जसमा प्रहरी नायव उपरीक्षक शाहीले नेपाल तरुण दल बाँकेका कोषाध्यक्ष केश खड्कालाई मोबाइल फोन मार्फत खसी मागेको र पछि धम्की दिएको अडियो सार्वजनिक भएको थियो ।

दशैं अघि आफूसँग खसी मागेको तर नदिएपछि नायव उपरीक्षक शाहीले आफूलाई धम्की दिएको कोषाध्यक्ष खड्काले बताएका छन् ।

खड्काले आफूलाई फसाउनका लागि प्रहरीले नै गाडीमा पेस्तोल राखेपनि आफू त्यसबेला घटनास्थालमा उपस्थित नभएका कारण जोगिएको र अरु साथीहरु फसेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १२ : ४४ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई