हिमपातको कहर– २ महिनादेखि सडक अवरुद्ध « Khabarhub

हिमपातको कहर– २ महिनादेखि सडक अवरुद्ध


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व– पटक पटकको हिमपातले रोल्पा हुँदै दाङ जिल्लामा जोडिएको शहीद मार्ग विगत २ महिनादेखि अवरुद्ध भएको छ ।

शहीद मार्ग भएर गुड्ने सवारीसाधन गुड्न सकेका छैनन् । गत पुसको तेस्रो सातादेखि भूमे गाउँपालिका–२ काँक्रीदेखि दाङ घोराहीसम्मको सो मार्ग भएर चल्ने यातायातका साधन ठप्प छन् ।

हिमपातले ठाउँठाउँमा सडक अवरुद्ध गरेपछि शहीदमार्गको काँक्री–घोराही खण्डमा डेढमहीनादेखि यातायातका साधन चल्न सकेका छैनन् ।

पहिलो पटक हिमपात भएदेखि नै सो सडकमा यातायातका साधन चल्न नसकेको भूमेगाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले बताए । हिमपातले बाटो अवरुद्ध भएपछि विशेष गरी भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकावासीले घोराही पुग्न रुकुम (पश्चिम) को बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

हिमपातले काँक्रीबाट जिल्लाको महत, रोल्पाको थवाङ हुँदै शहीद मार्गबाट दाङको घोराही पुग्ने यात्रु रुकुम (पश्चिम) को सदरमुकाम मुसिकोट हुँदै राप्ती राजमार्गबाट दाङ पुग्न बाध्य छन् । यसरी यात्रा गर्दा बाटो लामो पर्ने र भाडा पनि महङ्गो पर्ने यात्रुले बताएका छन् ।

काँक्रीबाट शहीद मार्ग भएर जाँदा १५५ किलोमिटर दूरी पार गर्नुपर्ने भए पनि रुकुम (पश्चिम) हुँदै राप्ती लोकमार्ग भएर घोराही पुग्दा २१० किमी दुरी पार गर्नुपर्ने बाध्यता रहेको यात्रु मङ्गलबहादुर कामीले बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ५ : ०४ बजे

न्यूयोर्कका मेयरले बहिष्कार गरे इजरायल डे परेड, ६२ वर्षयताकै पहिलो घटना

न्यूयोर्क- अमेरिकी प्रमुख शहर न्यूयोर्कका मेयर जोहरान ममदानीले मे ३१

रास्वपाको केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा केसी मनोनित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा

ट्रम्पले नेतन्याहूलाई झपार्दै भने, ‘तिमीलाई सबैले घृणा गर्दैछन्, म नभएको भए जेलमा हुन्थ्यौ’

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई

पश्चिमी दबाबबीच भारतको म्यान्मा नीति

नयाँदिल्ली– पश्चिमी देशहरूले म्यान्माको सैन्य नेतृत्वलाई अन्तर्राष्ट्रिय रूपमा अलग्याउने प्रयास

वीरगञ्जका मुख्य सडक विस्तार गर्ने काम रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने काम रोक्न माग