‘क्याप्टेन’ की नायिकालाई ‘कबड्डी ३’ मा अफर ! « Khabarhub

‘क्याप्टेन’ की नायिकालाई ‘कबड्डी ३’ मा अफर !


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘क्याप्टेन’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी नायिका उपासना सिंह ठकुरीले ‘कबड्डी ३’ बाट अफर आएको छ । चलचित्र ‘क्याप्टेन’ मा गाउँमा हुर्किएर काठमाडौं आएकी एक युवतीको भूमिका निभाएकी उपासनाको अभिनयको  तारिफ भइरहेको छ ।

हलमा ‘क्याप्टेन’ चलिरहँदा ‘कबड्डी’ का लागि उपासनालाई अफर आएको हो । तर उपासनाले भने फिल्ममा काम गर्नेबारे अझै निर्णय गरिसकेकी छैनिन् । ‘क्याप्टेन’ मा आएको प्रतिक्रियापछि मात्र आफूले यो फिल्ममा काम गर्ने या नगर्नेबारे निर्णय लिने उनले बताइन् ।

त्यसो त फिल्म ‘कबड्डी’ मा प्रदीप खड्कालाई पनि अफर गरिएको छ । फिल्मका निर्देशक रामबाबु गुरुङले नै यो कुराको पुष्टि गरिसकेका छन् । यदि उपासना र प्रदीप दुवै फिल्ममा देखिए भने फिल्ममा यी दुईको जोडी पनि रहन सक्ने सम्भावना छ ।

यता फिल्मका निर्देशक गुरुङले ‘कबड्डी ३’ मा उपासनाले फिल्म खेल्नेबारे आधिकारिक जानकारी भने दिएका छैनन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  २ : ४३ बजे

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको

झापा-५ का मतदातासँग भलाकुसारीमा जुटे बालेन

काठमाडौं – झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह मतदातासँगको छलफलमा