परिमार्जित राष्ट्रिय सुरक्षा नीति प्रधानमन्त्रीलाई बुझाइयो (भिडियो सहित) « Khabarhub

परिमार्जित राष्ट्रिय सुरक्षा नीति प्रधानमन्त्रीलाई बुझाइयो (भिडियो सहित)


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सुरक्षा नीति परिमार्जनका लागि गठित समितिले ‘परिमार्जित राष्ट्रिय सुरक्षा नीति–२०७५’ प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको छ । समितिका संयोजक उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले ‘परिमार्जित राष्ट्रिय सुरक्षा नीति–२०७५’ प्रधानमन्त्री ओलीलाई बुझाएका हुन् ।

परिमार्जित राष्ट्रिय सुरक्षा नीतिमा राष्ट्रिय सुरक्षाका पछिल्ला चुनौति र त्यसलाई सम्बोधन गर्न आवश्यक नीतिका बारेमा आवश्यक सुझाव उल्लेख गरिएको समितिका संयोजक एवम् उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेलले जानकारी दिए । उनले भने ‘परिमार्जित राष्ट्रिय सुरक्षा नीतिमा राष्ट्रिय सुरक्षा नीतिका मार्गनिर्देशनका बारेमा पनि विस्तृत सुझाव दिइएको छ।’ अब यो नीति राष्ट्रिय सुरक्षा परिषदले अनुमोदन गरेपछि मन्त्रीपरिषदबाट पारित हुने र कार्यान्वयनमा आउने छ ।

सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिलाई समेत ध्यानमा राखेर राष्ट्रिय सुरक्षा नीति परिमार्जनका लागि आवश्यक सुझाव दिन उपप्रधानमन्त्री पोखरेल संयोजकत्वमा समिति गठन गरेको थियो । सोही समितिले राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको निर्देशनमा रही सो नीति परिमार्जनसहित तयार पारिएको हो ।

परिमार्जित राष्ट्रिय सुरक्षा नीति प्रधानमन्त्रीलाई बुझाउँदै उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ८ : २५ बजे

राष्ट्रिय सभामा पनि विपक्षीको अवरोध, मागियो प्रधानमन्त्रीको जवाफ

काठमाडौं– राष्ट्रियसभाको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सीमा सम्बन्धी

नेपाली सेना : संयुक्त राष्ट्रसङ्घको विश्वसनीय र भरपर्दो शान्ति सैनिक

काठमाडौं– नेपाली सेना संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यप्रति नेपालको प्रतिबद्धतालाई

बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु

चितवन– चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण

जापानमा भालु आक्रमण तिव्र पछिल्लो आक्रमणमा चार जना घाइते

एजेन्सी– उत्तरपूर्वी जापानको फुकुसिमा शहरमा मंगलबार भालुले आक्रमण गर्दा चार