परिमार्जित राष्ट्रिय सुरक्षा नीति प्रधानमन्त्रीलाई बुझाइयो (भिडियो सहित) | Khabarhub Khabarhub

परिमार्जित राष्ट्रिय सुरक्षा नीति प्रधानमन्त्रीलाई बुझाइयो (भिडियो सहित)


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सुरक्षा नीति परिमार्जनका लागि गठित समितिले ‘परिमार्जित राष्ट्रिय सुरक्षा नीति–२०७५’ प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको छ । समितिका संयोजक उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले ‘परिमार्जित राष्ट्रिय सुरक्षा नीति–२०७५’ प्रधानमन्त्री ओलीलाई बुझाएका हुन् ।

परिमार्जित राष्ट्रिय सुरक्षा नीतिमा राष्ट्रिय सुरक्षाका पछिल्ला चुनौति र त्यसलाई सम्बोधन गर्न आवश्यक नीतिका बारेमा आवश्यक सुझाव उल्लेख गरिएको समितिका संयोजक एवम् उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेलले जानकारी दिए । उनले भने ‘परिमार्जित राष्ट्रिय सुरक्षा नीतिमा राष्ट्रिय सुरक्षा नीतिका मार्गनिर्देशनका बारेमा पनि विस्तृत सुझाव दिइएको छ।’ अब यो नीति राष्ट्रिय सुरक्षा परिषदले अनुमोदन गरेपछि मन्त्रीपरिषदबाट पारित हुने र कार्यान्वयनमा आउने छ ।

सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिलाई समेत ध्यानमा राखेर राष्ट्रिय सुरक्षा नीति परिमार्जनका लागि आवश्यक सुझाव दिन उपप्रधानमन्त्री पोखरेल संयोजकत्वमा समिति गठन गरेको थियो । सोही समितिले राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको निर्देशनमा रही सो नीति परिमार्जनसहित तयार पारिएको हो ।

परिमार्जित राष्ट्रिय सुरक्षा नीति प्रधानमन्त्रीलाई बुझाउँदै उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ८ : २५ बजे

नेपालको प्रशासनमा आधुनिक शक्ति कहिल्यै माथि आउन सकेन

आजभन्दा १५–२० वर्ष अगाडि र अहिले पनि नेपालको प्राथमिक बाधक

बागमती प्रदेशसभा बैठक बस्दै

बागमती– बागमती प्रदेशसभा बैठक आज (सोमबार) बस्दैछ । बैठकमा बागमती

टीकापुर नगरपालिकामा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइँदै

कैलाली-  कैलालीकाे टीकापुर नगरपालिकाले आगामी साउन १ गतेदेखि प्लास्टिकका झोलाको

‘भोजपुर प्रतिभा पुरस्कार’बाट शाक्य पुरस्कृत

भोजपुर– प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘भोजपुर प्रतिभा पुरस्कार’बाट टक्सार

टुङ्गोमा पुगेन हमास र इजरायलको वार्ता

दोहा – इजरायल र हमासबीच आइतबार भएको वार्ता बिना निष्कर्ष