सडक विस्तारमा स्थानीको अवरोध, स्काभेटर चालकमाथि कुटपिट « Khabarhub

सडक विस्तारमा स्थानीको अवरोध, स्काभेटर चालकमाथि कुटपिट


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडक विस्तारको काम गरिरहेका एस्काभेटरका चालकलाई स्थानीयले कुटपिट गरेका छन् ।

स्थानीयको कुटपिटका कारण एस्काभेटरका चालक सन्तोष कोइरालाको हात भाँचिएको छ । कुटपिटबाट घाइते चालक मेडिसीटी अस्पताल लगिएको थियो । उनलाई थप उपचारका लागी बीएन्डबी अस्पताल लैजाने तयारी छ ।

ललितपुरको गोदावरीचौरबाट हरिसिद्धीतर्फ ३ किलोमिटर सडक खण्डकाम गरिरहेका बेला ठेकेदार लामा-समामान्तर जेभीका एक्स्काभेटर चालकमाथि स्थानीयले कुटपिट गरेका हुन् ।

सडक विस्तार पीडित संघर्ष समितिको नाममा आन्दोलनमा उत्रिएका स्थानीय कुटपिटमा उत्रिएपछि ठेकेदार कम्पनीले सुरक्षा माग गरेको छ ।

आएको समूहले एक्स्काभेटरसँगै चालकमाथि पनि ढुंगामुडा र कुटपिट गरेपछि विस्तारको काम रोकिएको छ । चालकमाथि संघातिक आक्रमण गरिएको भन्दै निर्माण कम्पनीले जिल्ला प्रशासन कार्यालयसँग सुरक्षा मागेको छ ।

अवरोधकार कारण चार महिनामा सकने काम अझै नसकिएको ठेकेदार कम्पनीले जनाएको छ ।

सरकारले २२ मिटरमा विस्तार गर्ने भनेको यो हरिसिद्धी-गोदावरी सडक स्थानीयको विरोधपछि १६ मिटरमात्रै विस्तार गर्ने निर्णय भएको छ । त्यसैअनुसार काम अघि बढाउँदा पनि स्थानीयले अवरोध सिर्जना गर्दा समस्या भएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १२ : २७ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको