कर बढाएका कारण धरानमा चुनाब हारेको नेकपाको निश्कर्ष, घटाउन ज्ञापन पत्र ! « Khabarhub

कर बढाएका कारण धरानमा चुनाब हारेको नेकपाको निश्कर्ष, घटाउन ज्ञापन पत्र !


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धरान उपमहानगर कमिटीले कर पुनरावलोकन गर्न धरान उपमहानगरपालिकालाई आग्रह गरेको छ ।

आज बसेको नेकपाको धरान उपमहानगर कमिटीले करका दरहरु पुनरावलोकन गरी जनताले तिर्न सक्ने गरी कर समायोजन गर्न कर पुनरावलोकन आयोग गठन गरी समस्याको समाधानको माग गरेको छ ।

विगतमा उच्च मात्रामा करको दर बढाउँदा जनमानसमा नकरात्मक असर पर्न गई गएकोले उपचुनाव आफ्नो पक्षमा नआएको नेकपाको धरान महानगर कमिटीले निष्कर्ष निकालेको छ ।

यसअघि धरानमा नेकपाका उम्मेदवारले चुनाव जितका थिए र धरान उपमहानगरपालिकाले घरबहाल कर १२ प्रतिशत पुर्‍याएको थियो । अन्य कर पनि छिमेकी स्थानीय तहको तुलनामा धेरै बढी थियो । जसको विरोध स्थानीयले गरिरहेका थिए ।

नेकपा धरान कमिटीले कर पुनरावलोकन आयोग गठनको मागसहितको पत्र धरान उपमहानगरपालिकाको कार्यलयमा बुझाएको छ । जसमा भनिएको छ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान उपमहानगर कमिटिले निर्वाचनका सन्दर्भमा जनताका घरदैलोमा जांदा विभिन्न तहबाट लागु गरिएका करहरुप्रति जनताको व्यापक गुनासाहरु र असन्तुष्टिहरु पाईएकाले जनताको अभिमत तथा सुझावको उच्च सम्मान गर्दै धरान उप महानगरपालिकाबाट आर्थिक वर्ष २०७६/०७७ कालागि लागु गरिएका करका दर पुनरावलोकन गर्न विज्ञ समिति गठन गरी तत्काल करका दरहरु घटाउने कार्य सुरु गर्न नेकपा धरान उपमहानगर कमिटी धरान कार्यपालिका सरकार संग माग गरिएको छ ।’

धरान उपमहानगरपालिकामा तत्कालिन नेकपा एमालेका तारा राईले विजयी भएका थिए । उनको मृत्यु भएपछि भएको उपनिर्वाचनमा वामको गढ मानिएको धरानमा कांग्रेसका उम्मेदवारले जीत हात पारेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १ : ४३ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर