नेपाललाई पछि पार्दै सागको अंक तालिकामा अघि लाग्यो भारत « Khabarhub

नेपाललाई पछि पार्दै सागको अंक तालिकामा अघि लाग्यो भारत


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुदको अंक तालिकामा नेपाल भारतसँग पछि परेको छ ।

चौथो दिनको खेल सकिँदा भारतले नेपाललाई अंक तालिकामा पछि पारेको हो ।

३२ स्वर्ण जितेको भारत अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने २९ स्वर्ण मात्रै जित्न सकेको नेपाल दोस्रो स्थानमा झरेको छ ।

भारतले अहिलेसम्म ३२ स्वर्ण, २३ रजत, १३ कास्य गरी ६८ पदक हात पारेको छ भने नेपालले २९ स्वर्ण, १५ रजत र २५ कास्य गरी ६९ पदक हात पारेको छ ।

नेपालपछि ९ स्वर्ण, १८ रजत र १८ कास्य गरी ५४ पदक जितेको पाकिस्तान तेस्रो स्थानमा छ ।

यस्तै, ८ स्वर्ण, २३ रजत र ३८ कास्य पदक जितेको श्रीलंका अंक तालिकाको चौथो स्थानमा रहँदा १ स्वर्ण र २ कास्य गरी ३ पदक जितेको माल्दिभ्स पाँचौं स्थानमा छन् ।

भुटानले अहिलेसम्म एउटा पनि स्वर्ण पदक जित्न सकेको छैन । जम्मा ४ पदक मात्रै जितेको भुटान अंक तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ९ : ३८ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र