२ खेलाडीले रातो कार्ड पाउँदा टोटनह्याम पराजित | Khabarhub Khabarhub

२ खेलाडीले रातो कार्ड पाउँदा टोटनह्याम पराजित


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा एफसी बर्नवाउले टाेटनह्याम हट्सपाेरलाई पराजित गरेको छ । शनिबार राति भएकमो खेलमा टोटनह्यामलाई बर्नवाउले १–० गोल अन्तरले पराजित गरेको हो ।

टोनह्यामका खेलाडीले बर्नवाउविरुद्ध फाउल गरेपछि २ खेलाडीले रातो कार्ड पाएका थिए ।

टोटनह्यामका फरवार्ड सन ह्युङ मिन र जुन फोयथले रातो कार्ड पाएपछि टोटनह्याम ९ खेलाडीमा सिमीत भएको थियो ।

९ खेलाडीमा सिमित टोटनह्याले खेलको अन्तिमसम्म बर्नावाउलाई रोकेपनि खेलको अतिरिक्त समयमा बर्नावाउका खेलाडी नाथन अकाले गोल गरेपछि पराजित भयो । उनले खेलको ९१ औं मिनेटमा गोल गरेका थिए ।

बर्नवाउसँगको खेल बुधबार च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको दोस्रो लेग आयाक्ससँग भिड्न लागेको टोटनह्यामका लागि तितो अनुभव बनेको छ ।

पहिलो लेगमा आयाक्ससँग टोटनह्याम १–० पराजित भएको थियो ।

जीत हात पारेको बर्नमाउथ ३७ खेलबाट ४५ अंक जोडेको छ भने हार व्यहोरेको टोटनह्याम ७० अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  १० : ४५ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ