प्रियंका कार्कीलाई आफ्नै फिल्मको चासो छैन, पेरिसको प्रचार ? « Khabarhub

प्रियंका कार्कीलाई आफ्नै फिल्मको चासो छैन, पेरिसको प्रचार ?


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका प्रियंका कार्की सामाजिक सञ्जालमा निकै व्यस्त रहने गर्छिन् । पछिल्लो समय उनका हातमा खासै फिल्म छैनन् । तर कुनै न कुनै कारण उनको चर्चा भने भइरहन्छ । कहिले टिकटकमा भिडियो गरेर त कहिले बिकिनीमा हट तस्वीर शेयर गरेर उनी दर्शकको ध्यान आफूतिर तान्छिन् ।

उनलाई फ्यानले जति माया गर्छन्, त्यति नै गाली पनि गर्छन् । उनी अभिनित फिल्म ‘प्रेम दिवस’ रिलिजको क्रममा छ । तर फिल्मको प्रचारमा उनको खासै रुचि छैन । सामाजिक सञ्जालमा उनले एकपछि अर्को गर्दै ‘कान्स फिल्म फेस्टिभल २०१९’ मा सहभागी हुन जाँदा फ्रान्समा खिचेका तस्वीरहरु शेयर गरिरहेकी छिन् । तर, फिल्मको प्रचारमा भने उनी खासै खुलेर लागेको पाइँदैन । जबकि, यो फिल्ममा उनी आफ्ना हुनेवाला श्रीमान् आयुष्मान देशराज जोशीसँग जोडी बाँधेकी छिन् ।

आफ्नो फिल्मको प्रचारमा खासै चासो नदेखाउने तर पेरिसका तस्वीरहरू ह्यासट्याग दिँदै किन शेयर गरिरहेकी छिन् त प्रियंकाले ? वास्तविकता त प्रियंकालाई नै थाहा होला तर कतिपयले भने कान्सको रेड कार्पेटमा हिँड्ने अवसर नपाए पनि उनले त्यहाँ हुँदा केही विदेशी मेकरलाई भेट्ने मौका पाएकी थिइन्, प्रिय‌ंकाले ती विदेशी मेकरको आँखामा परिन्छ कि भनेर उनले एकपछि अर्को गर्दै तस्वीर शेयर गरिरहेको अनुमान गरेका छन् ।

जे जसो भए पनि उनले तस्वीरमार्फत आफ्नो प्रचार त गरिरहेकी छिन् । आफ्नो प्रचार गर्नमा व्यस्त हुने तर आफैले अभिनय गरेको फिल्ममा कुनै चासो नदेखाउने ? प्रियंकाको यो कस्तो लोभ हो ?

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  १२ : ०१ बजे

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

भारतीय राजदूतावासले मनायो ७७औँ गणतन्त्र दिवस

काठमाडौं- नेपालस्थित भारतीय समुदाय र भारतका मित्रहरूको सहभागितामा काठमाडौंस्थित भारतीय

सिमलताल दुर्घटना : गणपति डिलक्सको बसभित्र एउटा मानव कङ्काल भेटियो

चितवन- तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेंसीस्थित त्रिशुलू नदी किनारमा भेटिएको गणपति

मुख्यमन्त्री कार्कीद्वारा सुशासन र असल अभ्यासमा जोड

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र असल अभ्यासमा