विश्व स्काउट भेलामा नेपालको झण्डा फहराउँदै लुइँटेल « Khabarhub

विश्व स्काउट भेलामा नेपालको झण्डा फहराउँदै लुइँटेल


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्काउटका प्रथम सगरमाथा आरोही युवा अनिश लुइँटेलले विश्व स्काउट जम्बोरीमा नेपालको झण्डा फहराउने भएका छन् ।

लुइँटेलले नेपालको संविधान, नेपाली झण्डा र विश्व स्काउटको जम्बोरीको झण्डालाई विश्वकै सर्वोच्च शिखरमा पु¥याएका थिए । लुइँटेलले सगरमाथाको चुचुरोमा पु¥याएर ल्याइएको झण्डा विश्वभरिका स्टाउटर भेला हुने समारोहमा फहराउन लागेका हुन् ।

अमेरिकाको वेस्ट भर्जिनियामा हुने २४ औं समारोहको उद्घाटन सत्रमा नेपाल र जेम्बोरीको झण्डा आयोजकलाई हस्तान्तरण गर्ने लुइँटेलले बताए । कार्यक्रमले शान्तिको सन्देश दिन र नेपालको नामलाई विश्वमा चिनाउन मद्दत गर्नेको विश्वास छ ।

पहिलोपटक २० चैत ०७२ मा सगरमाथा चढ्ने उनको प्रयास असफल भएको थियो । भूकम्पका कारण लुइँटेल क्याम्प २ बाट फर्किएका थिए ।

पछि पुनः ७ जेठ ०७३ मा उनी सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । पहिलो पटक नेपालबाट शिखर चुमेका उनले १ जेठ ०७५ मा चीनतर्फबाट सगरमाथाको पुनः सफल आरोहण गरेका थिए ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  १ : ०९ बजे

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु

सरकारलाई सर्वोच्चको झट्का : संविधान संशोधन गर्न दुवै सदनले अलग-अलग दुईतिहाइ बहुमत जुटाउनुपर्ने

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा नियमावली, २०८३ का

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानका राजदूत मेइदा तोरुले