बोतलको लागुऔषध झोलामा खन्याएर तस्करी | Khabarhub Khabarhub

बोतलको लागुऔषध झोलामा खन्याएर तस्करी


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– भारतीय सीमा क्षेत्रमा अवैध लागुऔषध कारोबार हुने गरेका समाचार सार्वजनिक भइरहेको बेला अहिले तरिका फेरेर लागुऔषधको कारोबार हुने गरेको रहस्य फेला परेको छ । हालै प्रहरीले एक लागुऔषध कारोबारीलाई पक्राउ गरेसँगै भारतबाट गर्ने लागुऔषध तस्करीको तरिका फेरिएको पाइएको हो ।

विभिन्न बोतलबाट तस्करी हुँदै आएको कोरेक्स नामक लागुऔषध तस्करले प्लास्टिकको झोलामा खन्याएर तस्करी गर्ने गरेको भेटिएको छ । सामान्यतया बोतलमा रहने कोरेक्स नामक लागुऔषध प्रहरीले पक्राउ गर्न थालेपछि तस्करहरुले प्लास्टिकको झोलामा कोरेक्स खन्याएर भारतबाट नेपालमा भित्राउन थालेका छन् ।

वीरगञ्ज भन्सार कार्यालय नजिकैबाट प्लास्टिकको झोलामा खन्याएर ल्याउँदै गरेको अवस्थामा ८ लिटर लागुऔषध कोरेक्सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीको टोलीले भारतको रक्सौलबाट ८० बोतल कोरेक्स झोलामा खन्याएर ल्याउँदै गरेको अवस्थामा मकवानपुरको वागमती गाउँपालिका वडा नम्बर ४ का ४६ वर्षीय ज्ञानबहादुर तमाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङले कोरेक्सको बोतलबाट प्लास्टिकको झोलामा लागुऔषध खन्याएर ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । तामाङलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ३ : ०३ बजे

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार