सरस्वतीको पोस्टमा पुलिसको ५ गोल « Khabarhub

सरस्वतीको पोस्टमा पुलिसको ५ गोल


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललित स्मृती यु–१८ फुटबल च्याम्पियनसिपमा बिहीबार भएको खेलमा नेपाल पुलिस क्लबले सरस्वती युथ क्लबमाथि शानदार जीत हात पारेको हो ।

एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा पुलिस क्लबले सरस्वतीलाई ५–१ गोल अन्तरले पराजित गरेको हो । नेपाल पुलिस क्लबको जीतमा सञ्जु शेनले ह्याट्रिक पुरा गरे भने रविन राई र इन्सोन राईले समान एक–एक गोल गर्दा प्रहरीका क्लबका विमल सिल्वालले आत्मघाती गोल गर्दा सरस्वतीलाई राहत मिल्यो ।

सञ्जुले सरस्वतीविरुद्ध खेलको १८ मिनेट र पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल गर्दै टिमलाई पहिलो हाफमा २–० गोलको अग्रता बनाए भने सञ्जुले खेलको ७४ औं मिनेटमा व्यक्तिगत र टिमका लागि तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

यस्तै, रविनले ७७ औं मिनेटमा गोल गर्दै सरस्वतीविरुद्ध पुसलिसलाई ४–० अग्रता दिलाए भने खेलको ७८ औं मिनेटमा पुलिसका विमल सिल्वालले ७८ औं मिनेटमा आत्मघाती गोल गर्दा ५–१ को अवस्थामा पुग्यो ।

खेलको ८१ औं मिनेटमा इन्सोनले गोल गर्दै टिमलाई ५–१ गोलको जीत दिलाउन भूमिका खेले ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ५ : २५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार