सरस्वतीको पोस्टमा पुलिसको ५ गोल « Khabarhub

सरस्वतीको पोस्टमा पुलिसको ५ गोल


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललित स्मृती यु–१८ फुटबल च्याम्पियनसिपमा बिहीबार भएको खेलमा नेपाल पुलिस क्लबले सरस्वती युथ क्लबमाथि शानदार जीत हात पारेको हो ।

एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा पुलिस क्लबले सरस्वतीलाई ५–१ गोल अन्तरले पराजित गरेको हो । नेपाल पुलिस क्लबको जीतमा सञ्जु शेनले ह्याट्रिक पुरा गरे भने रविन राई र इन्सोन राईले समान एक–एक गोल गर्दा प्रहरीका क्लबका विमल सिल्वालले आत्मघाती गोल गर्दा सरस्वतीलाई राहत मिल्यो ।

सञ्जुले सरस्वतीविरुद्ध खेलको १८ मिनेट र पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल गर्दै टिमलाई पहिलो हाफमा २–० गोलको अग्रता बनाए भने सञ्जुले खेलको ७४ औं मिनेटमा व्यक्तिगत र टिमका लागि तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

यस्तै, रविनले ७७ औं मिनेटमा गोल गर्दै सरस्वतीविरुद्ध पुसलिसलाई ४–० अग्रता दिलाए भने खेलको ७८ औं मिनेटमा पुलिसका विमल सिल्वालले ७८ औं मिनेटमा आत्मघाती गोल गर्दा ५–१ को अवस्थामा पुग्यो ।

खेलको ८१ औं मिनेटमा इन्सोनले गोल गर्दै टिमलाई ५–१ गोलको जीत दिलाउन भूमिका खेले ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ५ : २५ बजे

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई