हङकङ प्रदर्शन : बेइजिङ र चिनियाँ सेनाले दिए कडा चेतावनी « Khabarhub

हङकङ प्रदर्शन : बेइजिङ र चिनियाँ सेनाले दिए कडा चेतावनी


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हङकङमा जारी प्रदर्शन चीनका लागि टाउको दुखाइको विषय बन्न थालेको छ । नवौँ हप्तायता जारी प्रदर्शन नियन्त्रण गर्न हङकङ प्रहरीले दर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेको छ । प्रदर्शन शुरू गर्नुअघि प्रदर्शनकारीहरूले मोङ कक जिल्लामा र्‍याली निकालेका थिए। यो र्‍यालीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

प्रदर्शनकारीले सोमबार शहरभरी प्रदर्शन तथा हड्ताल गर्ने भन्दै सहभागी हुन आह्वान गरेको बीबीसीले जनाएको छ । यो प्रदर्शनका विषयलाई लिएर चीन तथा बेइजिङका सेनाले कडा चेतावनी दिएका छन् ।

सरकार र प्रदर्शनकारी दुवै पक्षले आ-आफ्नो अडान कडा पार्दै लगेको पृष्ठभूमिमा सुपुर्दगीसम्बन्धी एउटा विवादास्पद विधेयकलाई लिएर दुई महिनाअघि शुरू भएको प्रदर्शन रोकिने सङ्केत देखिएको छैन। सरकारले विधेयक तत्कालका लागि स्थगित गरे पनि प्रदर्शनकारीले पूर्ण रूपमा खारेज हुनुपर्ने माग गरेका छन्।

उनीहरूको मागको दायरा बढ्दै गएको छ र त्यसमा थप प्रजातन्त्र एवम्‌ नेत्री क्यारी लामको राजीनामाको माग थपिएको छ। विवादास्पद विधेयकले बलात्कार र हत्याजस्ता अपराधका सन्दिग्धलाई मुख्यभूमि चीन, ताइवान र मकाउसामु सुपुर्दगी गर्न सकिने प्रस्ताव गरेको थियो।

हङ्‌कङ सन् १९९७ यता ‘एक देश, दुई प्रणाली’ अन्तर्गत चीनको अङ्ग रहिआएको छ। त्यसले गर्दा विशेष प्रशासनिक एकाइले न्यायिक स्वतन्त्रतासहित मुख्यभूमिजस्तो नदेखिने स्वतन्त्रता उपभोग गर्दै आएको छ।

तर प्रदर्शनकारीहरू सुपुर्दगी विधेयकले हङ्‌कङलाई योजनाबद्ध ढङ्गबाट चीनको पूर्ण नियन्त्रणमा ल्याउन खोजेको भनेर भय प्रकट गर्छन्।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ८ : ५६ बजे

डढुवा रोगले सखाप पार्दै गोलभेँडा, उन्याचौरका किसान चिन्तित 

दोलखा– गोलभेँडामा डढुवा रोगको संक्रमण फैलिएपछि दोलखाको वैतेश्वर गाउँपालिका–४ उन्याचौरका किसान

बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जसपाको २१ लाख रुपैयाँ

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा), नेपालले बाढीपीडितको उद्धार, राहत तथा

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य