जापानमा गरिने आर्चरीको अभ्यासले सागलाई प्रत्यक्ष सहयोग गर्छ– प्रशिक्षक गुरुङ « Khabarhub

जापानमा गरिने आर्चरीको अभ्यासले सागलाई प्रत्यक्ष सहयोग गर्छ– प्रशिक्षक गुरुङ


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली आर्चरी टोली अहिले ओलम्पिक २०२० को तयारीका लागि जापानमा अभ्यास गरिरहेको छ।

नेपाली टोलीले अगस्ट १ देखि आगामी सेप्टेम्बर ३ सम्म जापानको ओसाकाको टोकोसि शहर अभ्यास गर्नेछ ।

नेपालबाट अभ्यासका लागि आर्चरीसँगका ४ जना खेलाडी र एक जना प्रशिक्षक गरि पाँच जना सहभागी भएका छन् ।

जसमध्ये २ जना पुरुष खेलाडी र २ जना महिला खेलाडी रहेको आर्चरी संघका अध्यक्ष तथा प्रशिक्षक दिपक गुरुङले बताए ।
उनले नेपाली टोलीले जापानमा गरेको अभ्यासले काठमाडौं र पोखरामा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रत्यक्ष सहयोग गर्ने बताएका छन् ।

‘यहाँ अभ्यास राम्रो भइरहेको छ । खेलाडीको फिजिकल फिटनेश देखि सबै कुरा सेड्युल अनुसार भइरहेको छ । नेपालमा भन्दा यहाँ अभ्यास गर्न सहज छ,’ प्रशिक्षक गुरुङले भने,‘यो अभ्यास खासमा हामीले ओलम्पिक २०२० का लागि भनेर शुरु गरेका हौं । तर, पनि यसले प्रत्यक्ष रुपमा सागलाई सहयोग गर्नेछ ।’

सागका लागि आर्चरीबाट १६ जना खेलाडी सहभागी हुनेछन् । जसमध्ये अहिले ४ जना जापानमा रहेका खेलाडी र बाँकी रहेका ८ जना खेलाडी अब केही दिनभित्रै अभ्यासका लागि पोखरा जाने प्रशिक्षक गुरुङले बताए । काठमाडौंको हल्चोकमा अभ्यास गरिरहेका आर्चरी खेलाडी सागको अभ्यासका लागि पोखरामा रहेको आर्चरीको ‘कोर्ट’ मा अभ्यास गर्नेछन् ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १२ : ५७ बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ