डेंगु नियन्त्रणका लागि हरेक वडामा प्रतिकात्मक कार्य « Khabarhub

डेंगु नियन्त्रणका लागि हरेक वडामा प्रतिकात्मक कार्य


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सूर्यविनायक– भक्तपुरको सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य सञ्चालन गरेको छ ।

नगरपालिकाभित्रका सबै वडाका जनप्रतिनिधि, स्वास्थ्यचौकी प्रतिनिधि र नगर स्वास्थ्य केन्द्रका प्रमुखसमेतलाई डेङ्गु रोग र यसको रोकथामका बारेमा अभिमुखीकरण कार्यक्रम गरी प्रतिकात्मक कार्य सञ्चालन गरिएको हो ।

नगर प्रमुख बासुदेव थापाले डेङ्गु रोग नियन्त्रणका लागि प्रयास जारी रहेकाले नगरपालिकाले प्रत्येक वडामा प्रतिकात्मक कार्य सञ्चालन गरेको बताए । डेङ्गु नियन्त्रणका लागि नगरले सबै खालका प्रयास र प्रयत्न गर्ने उल्लेख गर्दै प्रमुख थापाले प्रत्येक वडाले आफ्नो वडाभित्र निरन्तर माइकिङ गर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र डेङ्गु नियन्त्रणबारे नगरवासीलाई सचेत गराइने जानकारी दिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि, पत्रकारलगायतको टोलीले डेङ्गु रोग नियन्त्रणका लागि संयुक्त पहल थाल्ने बताए ।

नगरपालिका स्वास्थ्य एकाइ संयोजक वसन्त चापागाईंले डेङ्गु सङ्क्रमण बढेपछि प्रत्येक स्वास्थ्यचौकी र नगर स्वास्थ्य शाखामार्फत समुदायको तल्लो तहसम्म डेङ्गुबारे जनचेतना अभियान चलाइएको बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ११ : १५ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको