हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सुपुर्दगी विधेयक फिर्ता लिने « Khabarhub

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सुपुर्दगी विधेयक फिर्ता लिने


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सुपुर्दगी विधेयक फिर्ता लिने भएकी छन् । उनले आज (बुधबार) दिउँसो सो विधेयक फिर्ता भएको औपचारिक घोषणा गर्ने बताइएको छ ।

हङकङमा गत जुन महिनायता विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा शुरु भएको प्रदर्शन पछिल्लो समय अधिक लोकतन्त्र, मानवअधिकार, व्यक्तिगत स्वतन्त्रताका विषयमा केन्द्रित रहँदै आएको छ । प्रदर्शनकारीले लामो समयदेखि लामको राजीनामाको माग समेत गर्दै आएका छन् ।

लामले यसअघि पनि राजीनामा दिने मनस्थिती बनाएको, तर मुख्यभूमि चीनको सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरुको दबाबका कारण उनले राजीनामा दिन भने नसकेको समाचार सार्वजनिक हुँदै आएका छन् ।

हङकङमा जारी प्रदर्शनलाई बेलायतबाट चीनलाई हस्तान्तरण गरियताकै सबैभन्दा व्यापक प्रदर्शनका रुपमा हेरिएको छ ।

हङकङमा जारी प्रदर्शन सन् २०१२ मा चिनियाँ राष्ट्रपति बनेयता सी जिनपिङका लागि सबैभन्दा ठूलो राजनीतिक संकटका रुपमा लिइएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १ : २९ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका