चार देशबाट नेपालले पायो ११ अर्ब अनुदान « Khabarhub

चार देशबाट नेपालले पायो ११ अर्ब अनुदान


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चार देशले नेपाललाई संयुक्त रुपमा ११ अर्ब ४० करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएका छन् । बुधवार चारवटै देशका प्रतिनिधि र अर्थमन्त्री डा.युवराज खतिवडाबीच अनुदान सहयोगमा संयुक्त हस्ताक्षर भएको छ।

युरोपियन युनियन, स्विजरल्यान्ड, नर्वे र बेलायतले संयुक्तरुपमा नेपाललाई ११ अर्ब ४० करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएका हुन् ।

प्रदेश सरकार र स्थानीय सरकारले दिने सेवालाई प्रभावकारी बनाउन सहयोगको उपयोग हुनेछ। चार देशले नेपाललाई सन् २०१९ देखि २०२३ सम्म सहयोग गर्नेछन्।

चार वर्षभित्र तोकिएका सेवाका काम सम्पन्न गर्नेगरी सम्झौतापत्रमा हस्ताक्षर भएको अर्थ मन्त्रालयले जनाएको छ।

अनुदान स्थानीय तहका आयोजनाको अध्ययन, स्थानीय तहमा नीतिगत सुधार, दीर्घकालिन योजनाको अध्ययन, अक्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गरिने छ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ३ : ३३ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार