आफ्नै कारणले धराप बनेको प्रियंकाको वृत्ति ! « Khabarhub

आफ्नै कारणले धराप बनेको प्रियंकाको वृत्ति !


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यो सत्य हो, शिखरमा पुगेपछि फेरि झर्नैपर्छ । प्रियंका कार्की पनि चर्चाको शिखरमा पुगेकी थिइन् । केही वर्षयता उनको करिअरको सुई ओरालोतिर झरेको झर्यै छ । फ्यानले प्रियंकालाई हैन, नयाँ नायिकाहरुलाई मनमा राख्न थालेका छन् ।

पछिल्लो समय नायिका प्रियंका कार्कीले फिल्ममा काम पाउन छोडेपछि म्युजिक भिडियोमा राज गरेकी थिइन् । आजभोलि त उनले अभिनय गरेका म्युजिक भिडियो पनि सार्वजनिक भएका छैनन् । मेकरका नजरबाट उनी बिस्तारै टाढा हुँदै गएकी छिन् ।

पछिल्लो समयमा उदाएका नायिकाहरु उनका लागि ‘थ्रेट’ बन्न थालिसकेका छन् । आखिर किन यति छिटो सकिने लयमा फर्कियो त प्रियंकाको (वृत्ति) करिअर ?

जानकारका कुरा सुन्ने हो भने प्रियंका कार्कीको करिअर धरमर गर्नुमा उनकै हात छ । उनले केही वर्ष यसरी फिल्म खेलिन् कि, हप्तामा प्रियंकाका ४ वटासम्म फिल्मसम्म रिलिज भए । ती कुनै फिल्म पनि चलेनन् । आफूलाई अफर आएका फिल्म समय भएसम्म छोडिनन् ।

जस्तो पायो त्यस्तै फिल्म खेल्दा प्रियंकाको करिअर धरमर भइसकेको थियो । एउटै नायिकाका फिल्म हप्तैपिच्छे रिलिज भएपछि दर्शकलाई फिल्म मन पर्ने कुरा पनि भएन ।

प्रियंका पछिल्लो समय बिकिनी अवतारमा धेरै देखिन थालिन् । हुन त यो उनको दर्शक तान्ने हतियार हुनुपर्छ । तर प्रियंकाले सामाजिक सञ्जालमा हट राख्दै गर्दा यता हलमा भने फिल्म फ्लप हुन थाले । पछिल्ला फिल्ममा उनको अभिनयमा खासै सुधार देखिएन । अभिनयमा सुधार नल्याउँदा प्रियंकाका फ्यान भड्किन थाले ।

यति मात्र होइन, प्रियंकालाई उनैले दिएका अन्तर्वार्ताले पनि ब्याकबाइट गरे । कति अन्तर्वार्तामा उनले बोलीमा संयमता नअपनाउँदा ट्रोलको शिकार हुनुपर्‍यो । फिल्मको प्रचारमा पनि उनले समय दिइनन् ।

जे होस्, आयुष्मान देशराज जोशीसँगको इङ्गेजमेन्टका कारण समेत चर्चामा रहेकी प्रियंकाले बारम्बार बिहे गर्ने भन्दै आइरहेकी छिन् । तर, बिहे कहिले भन्ने अझै टु‌ंगो छैन । त्यसो त उनी वेब सिरिज र फाउण्डेसनमार्फत दर्शकमाझ साझेदारी गरिरहेकी छिन् । तर, अहिले उनको क्रेज पहिलेको तुलनामा छँदै छैन

शायद उनले हिजोका दिनमा हरेक हिसाबले आफूलाई परिपक्व बनाएको भए यति छिट्टै करिअर धराप हुने थिएन ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  २ : ३८ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर