राष्ट्रपति भण्डारीबाट सातै प्रदेशमा प्रमुख नियुक्त « Khabarhub

राष्ट्रपति भण्डारीबाट सातै प्रदेशमा प्रमुख नियुक्त


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले सातै प्रदेशमा प्रमुखको नियुक्ति गरेकी हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सातै प्रदेशका लागि प्रदेश प्रमुखको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको उल्लेख छ ।

जसअनुसार प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी (कास्की)  प्रदेश प्रमुखमा नियुक्त भएका छन् । यस्तै, प्रदेश २ मा तिलक परियार (बाँके), प्रदेश ३ मा विष्णुप्रसाद प्रसाईं (झापा), गण्डकी प्रदेशमा अमिक शेरचन (चितवन) प्रदेश प्रमुखमा नियुक्त भएका छन् ।

यसैगरी, प्रदेश ५ मा धर्मनाथ यादव (सिराहा), कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी (बैतडी) र सुदूरपश्चिम प्रदेशमा शर्मिला कुमारी पन्त (चितवन) प्रदेश प्रमुख बनेका छन् ।

नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुको सपथग्रहण भोलि (मंगलबार) हुने भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भोलि बिहान ८ बजे सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुलाई सपथ ग्रहण गराउने तयारी भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ८ : २९ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष