अमेरिकाले उत्तर कोरियासँगको वार्तालाई निरन्तरता दिनेछ: पोम्पेओ | Khabarhub Khabarhub

अमेरिकाले उत्तर कोरियासँगको वार्तालाई निरन्तरता दिनेछ: पोम्पेओ


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ऐजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच भियतनामको राजधानी हनोईमा भएको दोश्रो शिखर वार्ता विना निष्कर्ष टुङ्गिएको एक साता नबित्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका र उत्तर कोरियाबीचको वार्ताको श्रृङ्खलाले निरन्तरता पाउने जनाएका छन् । आयोवा फार्म व्यूरोमा सम्बोधन गर्दै विदेशमन्त्री पोम्पेओले आगामी साताहरुमा उत्तर कोरिया तथा अमेरिकाबीचको वार्तालाई निरन्तरता दिइनेमा आशावादी रहेको जनाएका हुन् ।

‘म कुनै प्रतिबद्धता त जनाउन सक्दिन तर म आशावादी छु, मेरो एउटा टोली दुई साताभित्र उत्तर कोरियाको राजधानी प्योङयाङ जाने तरखरमा छ ।’ उनले भने । अघिल्लो साता हनोईमा भएको शिखर वार्ता असफल हुनुमा दुई मुलुकले छुट्टाछुट्टै कारण देखाएका थिए ।

राष्ट्रपति ट्रम्पले शिखर वार्ता असफल हुनुमा उत्तर कोरियाले आफूमाथि लगाइएको नाकाबन्दी पूर्ण रुपमा फुकुवा हुनुपर्ने माग राखेकाले वार्ता निष्कर्षविहीन भएको जनाएका थिए भने उत्तर कोरियाली विदेशमन्त्री रि योङ होले शिखर वार्तामा आफ्नो मुलुकले नाकाबन्दी पूर्ण रुपमा नभई आशिंक रुपमा नाकाबन्दी फुकुवा हुनुपर्ने माग राखेको र अर्कोपटक हुनसक्ने संभावित शिखर वार्तामा पनि आफ्नो मुलुकको अडान यही नै हुने जनाएका थिए ।

यद्यपि शिखर वार्ता असफल भएपनि अन्य वार्तालाई निरन्तरता दिने विषयमा दुबै मुलुक खुला रहने सामान्य सहमति बनेको जनाइएको छ । विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाका सर्वोच्च नेता किमलाई आफ्नो मुलुकले आणविक हतियार त्याग्न सहमत भए उत्तर कोरियाको सुरक्षाको प्रत्याभूति दिलाउन कोशिस भइरहेको समेत जनाए ।

यसअघि दक्षिण कोरिया तथा अमेरिकाले शनिबार दुई मुलुकबीचको वृहद सैन्य अभ्यास बन्द गर्ने घोषणा गरेका थिए । सानो स्तरको सैनिक अभ्यासलाई निरन्तरता दिइएपनि वृहद स्तरको सैनिक अभ्यास बन्द गर्दा उत्तर कोरिया समक्ष सकारात्मक सन्देश जाने भन्दै त्यस्तो घोषणा गरिएको दक्षिण कोरियाली अधिकारीले जनाएका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ५ : २१ बजे

कोप–२८ प्रभावकारी र परिणाममुखी भएको प्रधानमन्त्री प्रचण्डको दाबी

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय

विधानसभा चुनाव : तीन प्रदेशमा भाजपा र तेलंगानामा कंग्रेस-आईको जित

काठमाडौं- भारतको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले तीन

भारतले दियो अष्ट्रेलियालाई १ सय ६१ रनको लक्ष्य

काठमाडौं – श्रेयस ऐरको अर्धशतक मद्दतमा भारतले पाँचौं तथा अन्तिम

जाजरकोट भूकम्पबाट महिला, बालबालिका र सुत्केरी जोखिममा परेको भन्दै अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं- अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले जाजरकोटमा आएको शक्तिशालि

मंसिरभित्र अस्थायी टहरा बनाइसक्नु : मन्त्री शर्मा

जाजरकोट – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मंसिर