उपनिर्वाचनका लागि जारी भएको आचारसंहिता समाप्त « Khabarhub

उपनिर्वाचनका लागि जारी भएको आचारसंहिता समाप्त


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले उपनिर्वाचनको लागि लागू भएको आचारसंहिता समाप्त भएको जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी कात्तिक ८ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता आयोगको मङ्सिर १७ गतेको निर्णयानुसार कार्यान्वयनको समय समाप्त भएको आयोगले जनाएको छ ।

आयोगले मौन अवधिमा पालना गर्नुपर्ने आचारणबमोजिम विभिन्न राजनीतिक दल तथा उम्मेदवारले आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारको सामग्री हटाएको हुनुपर्ने व्यवस्थाअन्तर्गत ब्यानर, तुल, झण्डा, पर्चा आदि हटाई वातावरण स्वच्छ र सफा राख्ने कार्य भएको छ भन्नेमा विश्वस्त रहेको जनाएको छ ।

सम्बन्धित जिल्ला निर्वाचन अधिकारीले यस कार्यको अनुगमन गरी आयोगमा प्रतिवेदन पठाउन निर्देशन गरिएकोआयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिवेदन प्राप्त भएपछि यस व्यवस्थाबमोजिम प्रचारप्रसार सामग्री नहटाउने राजनीतिक दल तथा उम्मेदवारको अभिलेख आयोगमा राखिनेछ । आयोगले उपनिर्वाचनलाई सफल बनाउन भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै मतदानमा सहभागी हुने सम्पूर्ण मतदाताको सहभागिताका लागि आभार प्रकट गरेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  १० : ४५ बजे

ओलीले धोका दिएको भन्दै जब गगनले प्रचण्डलाई भेटे…

काठमाडौं- औपचारिक निर्णय भइनसके पनि नेकपा एमाले- नेपाली कांग्रेस गठबन्धन

विष्णु पौडेलविरुद्ध झन्डै २१ करोड बिगो मागदाबीसहित सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं- सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा विशेष अदालतमा नेकपा

ब्राजिली आयातमा अमेरिकाको २५ प्रतिशत भन्सार शुल्क

वासिङ्टन- अमेरिकाले ब्राजिलबाट आयात हुने केही वस्तुमा जुलाई २२ देखि २५

ऐतिहासिक गहना फिर्ता गराउन कूटनीतिक पहल,

काठमाडौं– तलेजु भवानीको चोरी भएको १४औँ शताब्दी पुराना ऐतिहासिक गहना