हावाहुरीपीडितलाई आफूखुसी राहत बाँड्न नपाइने « Khabarhub

हावाहुरीपीडितलाई आफूखुसी राहत बाँड्न नपाइने


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


वीरगञ्ज– हावाहुरीबाट बारा र पर्सा जिल्लाका पीडितहरुलाई अव्यवस्थित रुपमा राहत वितरण भइरहेको व्यापक गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय बाराले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेको छ ।

हावाहुरी प्रभावितलाई विभिन्न सङ्घसंस्था वा व्यक्तिहरुले राहत वितरण गर्दा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसअनुसार मात्र राहत वितरण गर्न सकिने व्यवस्था गरिएको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले राससलाई बताए ।

हावाहुरीबाट प्रभावित बारा जिल्लाको विभिन्न ठाउँमा दाता तथा सङ्घसंस्थाहरुले आफू खुशी राहत वितरण गर्दा वास्तविक प्रभावित परिवारले राहत नपाएर अन्य व्यक्तिहरुले राहत पाउने गरेको व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले राहत वितरण कार्यमा कडाइ गर्दै सो एकद्वार प्रणाली लागू गरेको सूचना अधिकारी मुरारी कार्कीले बताए ।

जिल्ला प्रशासन कार्यालय बाराले आजदेखि कुनै पनि व्यक्ति वा सङ्घसंस्थाले जिल्ला प्रशासन कार्यालयको समन्वय विना राहत वितरण गर्न नपाइने, हावाहुरी प्रभावित गाउँमा प्रवेश गर्ने बाटोमा राखिएको हेल्थ डेक्सको सिफारिस हुनुपर्ने जस्ता व्यवस्था गरेको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको तथ्याङ्कअनुसार हावाहुरी प्रभावित क्षेत्रमा ९४० घर पूर्ण रुपमा क्षतिग्रस्त भएको तथा ९५५ घर आंशिक रुपमा क्षति भएको र मृतकहरुको सङ्ख्या २७ पुगेको छ ।

हावाहुरीले फेटा गाउँपालिका–१ भरवलीयामा १३० घर पूर्ण रुपमा क्षति भएको छ भने ६० घर आंशिक रुपमा क्षति भएको छ । त्यहाँ छ जनाको मृत्यु भएको थियो । यसैगरी पुरैनियामा ५५ घर पूर्ण रुपमा क्षति भएको छ भने २५ घर आंशिक रुपमा क्षति भएको छ ।

त्यहाँ १२ जनाको मृत्यु भएको थियो । यसैगरी फेटा ७ गम्हरियामा नौ घर पूर्ण रुपमा तथा छ घर आंशिक रुपमा क्षति भएको छ ।

यसैगरी सुवर्ण गाउँपालिका–१ बगही र चारमोहनामा ६२ घर पूर्ण रुपमा क्षति भएको छ भने १९ घर आंशिक रुपमा क्षति भएको छ । वडा नं. ४ हर्दियामा ९४ घर पूर्ण रुपमा क्षति भएको छ भने १७६ घर आंशिक रुपमा क्षति भएको छ ।

यसैगरी वडा नं. ५ औरहियामा ३९ घर पूर्ण तथा २७ घर आंशिक रुपमा क्षति भएको छ । वडा नं. ८ परशुरामपुरमा ७५ घर पूर्ण रुपमा तथा ४५ घर आंशिक रुपमा क्षति भएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ४ : ५१ बजे

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी