भारतले विश्वकप जित्नेमा तेन्दुलकर ढुक्क « Khabarhub

भारतले विश्वकप जित्नेमा तेन्दुलकर ढुक्क


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्व क्रिकेटका महानहस्ती भारतीय पूर्व कप्तान सचिन तेन्दुलकरले २०१९ को विश्वकप जित्ने विश्वास व्यक्त गरेका छन् ।

तेन्दुलकरले आफ्ना पूर्व सहकर्मी राहुल द्रविणसँगको भेटपछि उक्त अभिव्यक्ति दिएको इएसपीएन क्रिकइन्फोले उल्लेख गरेको छ ।

राहुलले केही दिन अगाडि कप्तान विराट कोहलीले भारतलाई तेस्रो विश्व कप उपाधि जिताउन सक्ने भन्दै प्रशंसा गरेका थिए ।

“हामीले विश्वकप जित्ने सम्भावना छ । म यो भन्न हिचकिचाउदिन कि हामी विश्वकपका लागि सक्षम छौं,” तेन्दुलकरले भने, “मैले किर्तिमानी बनाउन सक्छौ भने, यतिबेला हामीसँग टिम सन्तुलित छ । यस्तो अवस्थामा हामी जस्तोसुकै खेलमा पनि प्रतिस्पर्धा गर्न सक्छौं ।”

तेन्दुलकरले आयोजक इङग्ल्यान्ड र न्यूजिल्यान्ड भारतका लागि चुनौती हुनसक्ने बताएपनि भारतले पछिल्ला एकदिवसीय अन्तराष्ट्रिय सिरीजमा उनीहरुममाथि जित निकालेको छ ।

“मलाई थाहा छ न्यूजिल्यान्ड यो सिरीजका लागि संर्घष गरिरहेको छ । तर, टिम राम्रो छ । सुरुआतमै मुमेन्टम आफ्नो पक्षमा पार्न सके सहज हुन्छ । मेरो मुल्याङ्कनमा ‘टफ’ टिमका रुपमा इङ्ग्ल्यान्ड रहन सक्छ जहाँ न्यूजिल्यान्ड डार्क हाउसका रुपमा रहनेछ,” तेन्दुलकरले भने ।

तेन्दुलकरले अस्ट्रेलिया टिममा पूर्व कप्तान स्टेभन स्मिथ र डेभिड वार्नर नहुँदा अस्ट्रेलिया कमजोर देखिएको बताएका छन् । उनले टिममा उनीहरु फर्किने हो भने अस्ट्रेलियन बलियो बन्ने बताएका छन् ।

विश्व कप २०१९ मे ३० बाट सुरु हुनेछ भने भारतले पहिलो खेल साउथह्यामटनमा दक्षिण अफ्रिकाविरुद्ध जुन ५ मा खेल्नेछ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  २ : २० बजे

तराईमा हुस्सु यथावत, उच्च भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमा महाशाखाले हाल

बायर्न म्युनिखले विपक्षीको पोस्टमा गर्‍यो पाँच गोल, डियाजको ह्याट्रिक

काठमाडौं – जर्मन बुन्डेस लिगा अन्तर्गत गएराति भएको खेलमा बायर्न

विश्वकपमा श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ

निर्वाचन २४ दिन बाँकीः के काममा व्यस्त छ आयोग ?

काठमाडौं – निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय