भारतले विश्वकप जित्नेमा तेन्दुलकर ढुक्क « Khabarhub

भारतले विश्वकप जित्नेमा तेन्दुलकर ढुक्क


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्व क्रिकेटका महानहस्ती भारतीय पूर्व कप्तान सचिन तेन्दुलकरले २०१९ को विश्वकप जित्ने विश्वास व्यक्त गरेका छन् ।

तेन्दुलकरले आफ्ना पूर्व सहकर्मी राहुल द्रविणसँगको भेटपछि उक्त अभिव्यक्ति दिएको इएसपीएन क्रिकइन्फोले उल्लेख गरेको छ ।

राहुलले केही दिन अगाडि कप्तान विराट कोहलीले भारतलाई तेस्रो विश्व कप उपाधि जिताउन सक्ने भन्दै प्रशंसा गरेका थिए ।

“हामीले विश्वकप जित्ने सम्भावना छ । म यो भन्न हिचकिचाउदिन कि हामी विश्वकपका लागि सक्षम छौं,” तेन्दुलकरले भने, “मैले किर्तिमानी बनाउन सक्छौ भने, यतिबेला हामीसँग टिम सन्तुलित छ । यस्तो अवस्थामा हामी जस्तोसुकै खेलमा पनि प्रतिस्पर्धा गर्न सक्छौं ।”

तेन्दुलकरले आयोजक इङग्ल्यान्ड र न्यूजिल्यान्ड भारतका लागि चुनौती हुनसक्ने बताएपनि भारतले पछिल्ला एकदिवसीय अन्तराष्ट्रिय सिरीजमा उनीहरुममाथि जित निकालेको छ ।

“मलाई थाहा छ न्यूजिल्यान्ड यो सिरीजका लागि संर्घष गरिरहेको छ । तर, टिम राम्रो छ । सुरुआतमै मुमेन्टम आफ्नो पक्षमा पार्न सके सहज हुन्छ । मेरो मुल्याङ्कनमा ‘टफ’ टिमका रुपमा इङ्ग्ल्यान्ड रहन सक्छ जहाँ न्यूजिल्यान्ड डार्क हाउसका रुपमा रहनेछ,” तेन्दुलकरले भने ।

तेन्दुलकरले अस्ट्रेलिया टिममा पूर्व कप्तान स्टेभन स्मिथ र डेभिड वार्नर नहुँदा अस्ट्रेलिया कमजोर देखिएको बताएका छन् । उनले टिममा उनीहरु फर्किने हो भने अस्ट्रेलियन बलियो बन्ने बताएका छन् ।

विश्व कप २०१९ मे ३० बाट सुरु हुनेछ भने भारतले पहिलो खेल साउथह्यामटनमा दक्षिण अफ्रिकाविरुद्ध जुन ५ मा खेल्नेछ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  २ : २० बजे

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन

काठमाडौं – निवर्तमान शिक्षामन्त्री एवम् म्याग्दीका प्रतिनिधि सभा सदस्य महावीर

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध’

काठमाडौं– परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर– कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक