भारत प्रशासित कश्मिरमा भाजपा नेताको गोली हानी हत्या « Khabarhub

भारत प्रशासित कश्मिरमा भाजपा नेताको गोली हानी हत्या


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीनगर– अपरिचित बन्दुकधारीको समूहले भारत प्रशासित कश्मिरमा भारतीय जनता पार्टी (भाजपा) का स्थानीय नेताको गोली हानी हत्या गरेको छ ।

आफ्नै घरमा रहेका बेला भाजपाका स्थानीय नेता ७० वर्षीय गुलाम मोहम्मद मिरमाथि बन्दुकधारीहरुले आक्रमण गरेका थिए । आक्रमणपछि गम्भीर घाइते भएका मिरलाई तत्काल नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रतर्फ लगिए पनि उनको बाटोमै मृत्यु भएको बताइएको छ ।

उनी कश्मिरको अनन्तनाग जिल्लाको भाजपाको उपाध्यक्ष थिए । घटनास्थल काश्मिरको राजधानी श्रीनगरबाट झण्डै ८६ किलोमिटर टाढा पर्दछ ।

प्रहरीले विद्रोही लडाकूहरु हत्यामा संलग्न भएको हुन सक्ने आशंका गरेको छ । यस क्षेत्रमा बेला बेलामा यस्ता हत्याका घटना हुँदै आएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ३ : ०० बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,