भारत प्रशासित कश्मिरमा भाजपा नेताको गोली हानी हत्या « Khabarhub

भारत प्रशासित कश्मिरमा भाजपा नेताको गोली हानी हत्या


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीनगर– अपरिचित बन्दुकधारीको समूहले भारत प्रशासित कश्मिरमा भारतीय जनता पार्टी (भाजपा) का स्थानीय नेताको गोली हानी हत्या गरेको छ ।

आफ्नै घरमा रहेका बेला भाजपाका स्थानीय नेता ७० वर्षीय गुलाम मोहम्मद मिरमाथि बन्दुकधारीहरुले आक्रमण गरेका थिए । आक्रमणपछि गम्भीर घाइते भएका मिरलाई तत्काल नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रतर्फ लगिए पनि उनको बाटोमै मृत्यु भएको बताइएको छ ।

उनी कश्मिरको अनन्तनाग जिल्लाको भाजपाको उपाध्यक्ष थिए । घटनास्थल काश्मिरको राजधानी श्रीनगरबाट झण्डै ८६ किलोमिटर टाढा पर्दछ ।

प्रहरीले विद्रोही लडाकूहरु हत्यामा संलग्न भएको हुन सक्ने आशंका गरेको छ । यस क्षेत्रमा बेला बेलामा यस्ता हत्याका घटना हुँदै आएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ३ : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै