प्रधानमन्त्री र मन्त्रीहरुले रोपे सिंहदरबारमा एभोकाडोको बिरुवा « Khabarhub

प्रधानमन्त्री र मन्त्रीहरुले रोपे सिंहदरबारमा एभोकाडोको बिरुवा


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा एभोकाडोको विरुवा रोपेका छन् । विश्व वातावरण दिवसको अवसर पारेर ‘एक नेपाली एक फलफूलका विरुवा रोपण’ अभियानलाई निरन्तरता दिने सन्देशका साथ प्रधानमन्त्री ओलीले एभोकाडोको बिरुवा रोपेका हुन् ।

बुधबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग कार्यालय परिसरमा एभोकाडोको विरुवा रोपेर प्रधानमन्त्री ओलीले ‘एक नेपाली एक फलफूलका विरुवा रोपण अभियानको निरनतरता कार्यक्रम’को औपचारिक उद्घाटन गरे ।

प्रधानमन्त्री ओलीसँग गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव, कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढलाल, खानेपानी मन्त्री बिना मगरलगायतले पनि सिंहदरबार परिसरमा एभोकाडोको विरुवा रोपका छन् ।

सरकारले आगामी वर्षलाई वृक्षरोपण बर्षको रुपमा मनाउने घोषणा गरेको छ । सरकारले कृषि वनको विस्तार गर्न भनेर सरकारी नर्सरीमा न्यूनतम ३० प्रतिशत फलफूलको उत्पादन गर्ने, सदुपयोगको सिद्धान्त बमोजिम खाली र बाँझो जमिनमा फलफूलका विरुवा रोप्ने नीति लिएको छ ।

सोही नीतिलाई कार्यान्वयन गर्ने सिलसिलामा बुधबार फलफूलका बिरुवा रोपनलाई निरन्तरता दिने कार्यक्रमको शुभारम्भ गरिएको हो । लमजुङ, रोल्पा, पर्वत, उदयपुर र कास्कीमा सबैभन्दा बढी विरुवा रोपिएको जानकारी कार्यक्रममा गराइएको थियो ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  १२ : ३७ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा