थोत्रा विद्युतिय सामान दिए नयाँमा छुट « Khabarhub

थोत्रा विद्युतिय सामान दिए नयाँमा छुट


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- के तपाईंले आफ्नो घरमा भएका विद्युतिय फोहोर अर्थात बिग्रिएर काम नलाग्ने थोत्रा उपकरण तथा सामानलाई फोहोरको रुपमा त्यतिकै फाल्ने गर्नु भएको छ ? त्यसो हो भने अबदेखि नफाल्नुहोस् । बिग्रिएर काम नलाग्ने भएका विद्युतिय उपकरण तथा सामानलाई नजिकैको सिजी र एलजीको आधिकारिक विक्रेतालाई दिनुभयो भने नयाँ सामान खरिदमा छुट पाउनु हुनेछ ।

फोहोर व्यवस्थापनको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको ब्लु वेस्ट टु भ्यालु प्रालि र चौधरी ग्रुपबीच मंगलबार विद्युतिय फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता भएसँगै ग्राहकले यो सुविधा प्राप्त गर्ने भएका हुन् । काम नलाग्ने अवस्थामा पुगेका टिभी, फ्रिज तथा वासिङ्ग मेसिनमा ग्राहकले छुट पाउने ब्लु वेस्ट टु भ्यालुकी विद्युतिय फोहोर व्यवस्थापन प्रोजेक्ट संयोजक मनश्री नेवाले जानकारी दिइन् । यसका साथै यस्ता ठूला विद्युतिय सामान लिन घरमै आउने व्यवस्था पनि गरिएको छ । अन्य साना खालका सामान भने सिजी र एलजीका कुनै पनि विक्रेता कहाँ लगेर दिन सकिने छ ।

सम्झौता कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले फोहोर व्यवस्थापनमा हरेक व्यक्तिले आफ्नोतर्फबाट सक्दो योगदान गर्नु पर्ने बताए । उनले भने ‘यही कुरालाई महसुस गरेर चौधरी ग्रुपले ब्लु वेस्ट टु भ्यालुसँग मिलेर विद्युतिय फोहोर व्यवस्थापनका लागि कदम चालेको हो ।’
ब्लु वेस्ट टु भ्यालुका प्रमुख कार्यकारी अधिकृत नविन विकास महर्जनले यो कार्य निक्कै चुनौतिपूर्ण रहेको उल्लेख गर्दै चुनौतिलाई सामना गर्दै अघि बढ्ने बताए ।

एक अध्ययनअनुसार काठमाडौं उपत्यकामा सन् २०१७ मा १७ हजार ७३० टन विद्युतिय फोहोर उत्पादन भएको थियो । यो फोहोर हरेक दिन बढ्दो क्रममा रहेको छ । विद्युतिय फोहोरमा हानिकारक रसायन तथा भारी धातु हुने भएकाले त्यसले वातावरण र मानिसको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने सम्भावना बढी हुन्छ । अन्य फोहोर जस्तै विद्युतिय उपकरण तथा सामान काम नलाग्ने भएपछि सही ढंगले व्यवस्थापन गर्न आवश्यक रहेको विज्ञहरुको भनाइ छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  २ : ४३ बजे

रातो पासपोर्ट दुरूपयोग प्रकरण : संविधानसभाका तीन सदस्य उच्चबाट पनि दोषी ठहर

काठमाडौं- उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोगका क्रममा सरकारी कागजात

नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड

काठमाडौं–  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका

तलब नपाएपछि कङ्गोमा इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीको हडताल

एजेन्सी– कङ्गोमा तीव्र रूपमा फैलिरहेको इबोला प्रकोप नियन्त्रणको प्रयासबीच उत्तरपूर्वी

सञ्चारगृहका गेटमा गाडी तेर्स्याइएको घटनाबारे छानबिन हुनुपर्छ : रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चारगृहका गेटसामु गाडी

संविधानसभाका तीन सदस्यलाई दोषी ठहर गर्ने जिल्ला अदालतको निर्णय सदर

काठमाडौं– उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र कीर्ते कागजसम्बन्धी