थोत्रा विद्युतिय सामान दिए नयाँमा छुट | Khabarhub Khabarhub

थोत्रा विद्युतिय सामान दिए नयाँमा छुट


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- के तपाईंले आफ्नो घरमा भएका विद्युतिय फोहोर अर्थात बिग्रिएर काम नलाग्ने थोत्रा उपकरण तथा सामानलाई फोहोरको रुपमा त्यतिकै फाल्ने गर्नु भएको छ ? त्यसो हो भने अबदेखि नफाल्नुहोस् । बिग्रिएर काम नलाग्ने भएका विद्युतिय उपकरण तथा सामानलाई नजिकैको सिजी र एलजीको आधिकारिक विक्रेतालाई दिनुभयो भने नयाँ सामान खरिदमा छुट पाउनु हुनेछ ।

फोहोर व्यवस्थापनको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको ब्लु वेस्ट टु भ्यालु प्रालि र चौधरी ग्रुपबीच मंगलबार विद्युतिय फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता भएसँगै ग्राहकले यो सुविधा प्राप्त गर्ने भएका हुन् । काम नलाग्ने अवस्थामा पुगेका टिभी, फ्रिज तथा वासिङ्ग मेसिनमा ग्राहकले छुट पाउने ब्लु वेस्ट टु भ्यालुकी विद्युतिय फोहोर व्यवस्थापन प्रोजेक्ट संयोजक मनश्री नेवाले जानकारी दिइन् । यसका साथै यस्ता ठूला विद्युतिय सामान लिन घरमै आउने व्यवस्था पनि गरिएको छ । अन्य साना खालका सामान भने सिजी र एलजीका कुनै पनि विक्रेता कहाँ लगेर दिन सकिने छ ।

सम्झौता कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले फोहोर व्यवस्थापनमा हरेक व्यक्तिले आफ्नोतर्फबाट सक्दो योगदान गर्नु पर्ने बताए । उनले भने ‘यही कुरालाई महसुस गरेर चौधरी ग्रुपले ब्लु वेस्ट टु भ्यालुसँग मिलेर विद्युतिय फोहोर व्यवस्थापनका लागि कदम चालेको हो ।’
ब्लु वेस्ट टु भ्यालुका प्रमुख कार्यकारी अधिकृत नविन विकास महर्जनले यो कार्य निक्कै चुनौतिपूर्ण रहेको उल्लेख गर्दै चुनौतिलाई सामना गर्दै अघि बढ्ने बताए ।

एक अध्ययनअनुसार काठमाडौं उपत्यकामा सन् २०१७ मा १७ हजार ७३० टन विद्युतिय फोहोर उत्पादन भएको थियो । यो फोहोर हरेक दिन बढ्दो क्रममा रहेको छ । विद्युतिय फोहोरमा हानिकारक रसायन तथा भारी धातु हुने भएकाले त्यसले वातावरण र मानिसको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने सम्भावना बढी हुन्छ । अन्य फोहोर जस्तै विद्युतिय उपकरण तथा सामान काम नलाग्ने भएपछि सही ढंगले व्यवस्थापन गर्न आवश्यक रहेको विज्ञहरुको भनाइ छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  २ : ४३ बजे

कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली

न्युयोर्क – प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल असोज ६ गते आइतबार तदनुसार

प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसको भेटवार्ता

न्युयोर्क – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव

आज २०८१ साल असोज ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ६ गते आइतबार तदनुसार

कम्पनी साझेदारका रूपमा रवि लामिछाने पनि सहकारी ठग हुन् : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न