स्मार्ट सिटी प्रविधि च्यालेन्ज प्रतिस्पर्धा सम्पन्न « Khabarhub

स्मार्ट सिटी प्रविधि च्यालेन्ज प्रतिस्पर्धा सम्पन्न


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-काठमाडौं महानगरपालिकाले ‘हाम्रो काठमाडौं हामी बनाउछौँ’ नारा दिएको ‘स्मार्ट सिटी च्यालेन्ज-२०७५’ सम्पन्न भएको छ ।
आधुनिकतासँगै नवीन सोचको माध्यमबाट प्रविधियुक्त उद्यमशीलता प्रवद्र्धन गर्दै नवीनतम् ज्ञान, सीप र क्षमता भएका उद्यमीलाई व्यवसाय सञ्चालनमा प्रोत्साहन गर्न तथा सामूहिक प्लेटफर्मको विकास गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो ।

समापन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई विभिन्न प्रविधियुक्त सीप सिकाएर देशमा राख्न सकेमा समृद्ध नेपाल बन्न सक्ने बताए । ‘हिम्मत गर्नु नै ठूलो कुरा हो, म बनाउँछु मेरो देश भन्ने भावना भएपछि मात्र देश बन्छ’ उनले भने ।

महानगरका प्रमुख विद्या सुन्दर शाक्यले काठमाडौं महानगरपालिका शहरी आयोगको सक्रियता र व्यवस्थापनमा सम्पन्न भएको यस प्रतिस्पर्धाबाट क्षमतावान युवाहरुलाई आफ्नै देशमा स्वरोजगारीको अवसर सिर्जना गर्ने माध्यम बन्ने बताए ।‘प्रविधिको विकासबाट सहरी विकासको अभियानमा एक कदम अघि बढ्ने र काठमाडौंलाई स्मार्ट सिटी बनाउन कोशेढुङ्गा सावित हुनेछ’ शाक्यले भने ।

उक्त प्रतिस्पर्धामा समुदाय तथा वातावरण सहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरपालिकाको सार्वजनिक प्रशासन तथा व्यवस्थापन गरी मुख्य ४ विषय समावेश गरिएको थियो । साथै हरेक विषयका विभिन्न २८ क्षेत्रमा प्रतिस्पर्धीले आफ्ना नविन सोचहरु प्रस्तुत गर्न सक्ने व्यवस्था गरिएको थियो ।

काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाबाट स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा कार्यविधि, २०७५ जारी गरिएको हो । कार्यविधिको व्यवस्था बमोजिम महानगरका प्रमुखको अध्यक्षतामा ६ सदस्यीय आयोजक समिति गठन गरिएको थियो । त्यसैगरी प्रतिस्पर्धालाई व्यवस्थित रुपमा सञ्चालन गर्न ५ सदस्यीय कार्यसमिति गठन गरिएको थियो ।

प्रतिस्पार्धामा उत्कृष्ट ठहरिएका नवीन सोचहरुलाई पुरस्कृत गरिएको थियो । च्यालेन्ज विजेता (समूहगत विजेता मध्ये एक) रु पाँच लाख, विषयगत विजेताः समुदाय तथा वातावरण (एनि टाइम ट्वाइलेट) रु दुई लाख, सहरी पूर्वाधार (ट्राफिक म्याप) रु दुई लाख, महानगरीय सामुदायिक सेवा (डिजिटल नेपाल) रु दुई लाख, महानगरीय सार्वजनिक प्रशासन तथा ब्यवस्थापन (भूमि) रु दुई लाख, समुदाय र वातावरण (एरो रुट) रु एक लाख, सहरी पूर्वाधार (सफा सहर) रु एक लाख, उपविजेताः महानगरीय सामुदायिक सेवा (नेपाल मेड)रु एक लाख, महानगरीय सार्वजनिक प्रशासन तथा ब्यवस्थापन– (अटोमाटा) रु एक लाख रहेका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ७ : ४७ बजे

भोजपुरको भुल्केमा जलाधार क्षेत्र संरक्षण अभियान

भोजपुर– मानवीय क्रियाकलाप र जलवायु परिवर्तनका असरका कारण सुक्दै गएका

होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता,

‘पोस्टरमा टाउको बिक्ने’ राजेशको त्यो समय, अहिले हल खाली

काठमाडौं – चुनाव आउन तीन दिन बाँकी छ । देश

प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम

बाँके– नेपालगञ्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी

नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम

नवलपरासी– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरमा