सडक सौर्यबत्ती जडान शुरु « Khabarhub

सडक सौर्यबत्ती जडान शुरु


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वटै वडामा सडक सौर्यबत्ती जडान गर्न शुरु गरिएको छ । नगरपालिकाको ‘उज्यालो नगर अभियान’ अन्तर्गत रु एक करोड २३ लाख लागतमा १५० वटा सडक सौर्यबत्ती खरीद गरेर १५ वटै वडामा जडान गर्न शुरु गरिएको हो ।

रातको समयमा नगरभित्र आवतजावत गर्ने यात्रुलाई सहजता, अँध्यारोका कारण हुने सवारी दुर्घटना तथा आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न सडक सौर्यबत्ती जडान गर्न शुरु गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए । राति आफैँ बल्ने र दिउँसो आफैँ बन्द हुने सडक सौर्यबत्ती पहिलो चरणमा व्यापारिक केन्द्र, बैंक तथा वित्तीय संस्थाको कार्यालय अगाडि र बाक्लो मानवबस्ती रहेको ठाउँमा जडान गरिने बताइएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई सुरक्षित र सभ्य नगर बनाउने अभियानअन्तर्गत सडक सौर्यबत्ती जडान गर्न शुरु गरिएको हो ।

नगरप्रमुख रिजालका अनुसार पहिलो चरणमा वडा नम्बर–१ दिक्तेलमा ५७, वडा नम्बर–२ सोल्मामा ५, वडा नम्बर–३ बाम्राङमा ५, वडा नम्बर–४ खाल्लेमा ४, वडा नम्बर–५ लफ्याङमा ४, वडा नम्बर–६ नेर्पामा ४, वडा नम्बर–७ दोर्पाचिउरीडाँडामा ४ वडा जडान गरिनेछ । यस्तै, वडा नम्बर–८ दोर्पाबुवालुङमा ७, वडा नम्बर–९ निर्मलीडाँडामा ४, वडा नम्बर–१० पाथेकामा ६, वडा नम्बर–११ खार्मीमा ५, वडा नम्बर–१२ जालपामा ६, वडा नम्बर–१३ नुनथलामा १५, वडा नम्बर–१४ बुइपामा १५ र वडा नम्बर–१५ विजयखर्कमा नौ वटा सडक सौर्यबत्ती जडान गरिनेछ ।

एक ठाउँमा रु ७८ हजार बराबरको लागतमा जडान सम्पन्न हुने सडक सौर्यबत्तीको सोलार प्यानेल २०० वाट क्षमताको रहेको जनाइएको छ । बाह्र भोल्टको ब्याट्रीसहित फालामे पोलमा जडान गरिने सडक सौर्यबत्तीको बल्व ४० वाट क्षमताको रहेको ठेकेदार कम्पनी विराट इनर्जी प्रालि ललितपुरका प्रतिनिधि धनकुमार राईले बताए ।

नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आउनुभन्दा अगाडि नगरक्षेत्रभित्रको ३१ ठाउँमा सडक सौर्यबत्ती जडान गरिएको थियो । सो समयमा अपुग भएका ठाउँमा यस पटक थप १५० वटा खरीद गरेर जडान शुरु गरिएको नगरपालिकाले जनाएको छ । जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको नगरपालिकाका ४४ प्रतिशत घरधुरी अझै केन्द्रीय विद्युत् प्रसारण लाइन बाहिर रहेका छन् । नगरपालिकाभित्रका करीब दुई तिहाइअर्थात् ६६ प्रतिशत घरधुरीले मात्र अहिले केन्द्रीय विद्युत् उपभोग गरेका छन् ।

दश हजार ५० घरधुरी रहेको नगरपालिकाका २१ प्रतिशत घरधुरीले अझै पनि मट्टितेलको टुकी तथा सोलार प्रयोग गरिरहेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ८ : ४९ बजे

पाँच दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीद्वारा आव्हान गरिएको राजनीतिक दल, निर्वाचन आयोग,

मधेशमा कांग्रेसका यादव मुख्यमन्त्री बन्दै, सात दलको तर्फबाट दाबी पेश

जनकपुरधाम- नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशको

लुम्बिनी लायन्सका शेरको शिकार भए जनकपुर बोल्ट्सका कंसाकार

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले

कृषिमन्त्री परियार र राजदूत छन सोङबीच भेटवार्ता

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री  डा मदनप्रसाद परियार र नेपालका लागि

नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो

काठमाडौं– पछिल्लो समय प्रदर्शन भएका नेपाली चलचित्रलाई दर्शकले साथ दिइरहेका