१ वर्षमा ७० उद्योगको दर्ता खारेज | Khabarhub Khabarhub

१ वर्षमा ७० उद्योगको दर्ता खारेज


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

परासी– घरेलु तथा साना उद्योग कार्यालयले पश्चिम नवलपरासीका ७० घरेलु तथा साना उद्योगको दर्ता खारेजी गरेको छ । कार्यालयले  आर्थिक वर्ष २०७५/०७६ मा ७० वटा घरेलु तथा साना उद्योग खारेज गरेको हो ।

खारेजीमा पर्नेमा सबैभन्दा धेरै पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग छन् । कार्यालयले जनाएअनुसार गत आवमा २६ पर्यटन उद्योग खारेज भएका छन् भने २३ सेवामूलक, ११ उत्पादमूलक, १० कृषि तथा वन पैदावरमा आधारित उद्योग रहेका छन् ।

औद्योगिक व्यवसाय ऐन २०७३ अनुसार उद्योगीले उद्योग चलाउन नसक्ने भनी कारणसहित निवेदन दिएमा, शर्त तथा निर्देशन पालना नगरेमा, लामो समयसम्म नवीकरण नगरेमा उद्योग खारेज हुने प्रावधान छ । तर, अहिले खारेज भएका उद्योग उद्योगी स्वयंको आग्रहमा खारेज गरिएको कार्यालयका उद्योग अधिकृत नेत्रप्रसाद भुसालले बताए ।

कार्यालयका अनुसार गत एक वर्षको अवधिमा जिल्लामा १ हजार ७५ लघु तथा साना उद्योग पनि थपिएका छन् । कच्चा पदार्थ उपलब्ध हुने भएकाले ती उद्योगतर्फ लगानीकर्ता आकर्षित देखिएको कार्यालयले जनाएको छ ।

पछिल्लो समय औद्योगिक वातावरण बन्दै जानुका साथै सानो पूँजीबाट राम्रो आम्दानी हुने गरेपछि जिल्लामा साना उद्योगको सङ्ख्या बढ्दै गएको कार्यालय प्रमुख भुसालले जानकारी दिए ।

विशेषगरी लगानीको वातावरण जिल्लामा राम्रो रहेको र विदेशबाट फर्किने धेरैले साना उद्योगमा लगानी गर्न थालेका छन् । थोरै लगानीबाट आम्दानी पनि राम्रै हुने भएकाले यसतर्फ आकर्षण बढेको देखिन्छ ।

भुसालका अनुसार हाल जिल्लामा १०७ लघु उद्योग र छ हजार ६११ साना उद्योगसहित कूल छ हजार ६४८ साना उद्योग सञ्चालनमा छन् । गत आवमा दर्ता भएका उद्योगमा चार हजार ५८२ ले रोजगारी पाएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ११ : ०२ बजे

पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

बागलुङ– बुकीपाटनको उत्तरपट्टि देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड

साताको कार्टुन : निजामती विधेयकमा ‘बाहेक’…

काठमाडौँ – राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले प्रतिनिधि

हमास सकारात्मक भएपछि गाजामा युद्ध विरामको सम्भावना

गाजा – पहिलो दिन नै ८ बन्दी रिहा हुने प्रस्ताव

काभ्रेको नालास्थित पुल भाँचियो, यातायात अवरुद्ध

काभ्रे– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको

अनमोलको खोक्रो स्टारडम्, श्रीकृष्ण बितेको दशकपछि अन्तिम फिल्मले पायो सम्मान

हेडलाइन– अलटाइमा १० करोड ग्रस कलेक्सन कटाउने नेपाली फिल्मको संख्या