‘नेपाल युवा उद्यमशीलता सम्मेलन’ हुने « Khabarhub

‘नेपाल युवा उद्यमशीलता सम्मेलन’ हुने


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउन  २७ र २८ गते काठमाडौंमा ‘नेपाल युवा उद्यमशीलता सम्मेलन’ आयोजना हुने भएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय युवा परिषदको आयोजनामा सो सम्मेलन आयोजना गर्न लागिएको हो ।

युवाहरुलाई उद्यमशील बनाउने मूल उद्देश्यका साथ सो सम्मेलन आयोजना हुने प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले जानकारी दिए । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी युवाहरुलाई उद्यमी बन्नका लागि दिशा निर्देश गर्न सो सम्मेलन सफल हुने विश्वास मन्त्री नेपालले व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा छनौटमा परेका ५ सय भन्दा बढी युवा उद्यमीहरुसहभागी हुनेछन् ।

सम्मेलनमा उद्यमी बन्नका लागि आवश्यक ज्ञान, सीप, दक्षता र लगानीको विषयमा विस्तृत छलफल हुनेछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले समापन गर्ने सो सम्मेलनमा ‘युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतिहरु’ विषयक अन्तरक्रिया पनि हुनेछ ।

अन्तरक्रिया कार्यक्रममा निजी क्षेत्रका सफल व्यवसायीहरुले पनि आफ्ना सफलताका कथाहरु प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको पनि प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री नेपालले बताए ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १२ : ०६ बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर