झोंछेको सडक खुल्ला, व्यवस्थित बन्यो पार्किङ « Khabarhub

झोंछेको सडक खुल्ला, व्यवस्थित बन्यो पार्किङ


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बसन्तपुरको झोंछेमा व्यवस्थित पार्किङ शुरु भएको छ । गत सोमबारदेखि शुरु भएको व्यवस्थित पार्किङले अहिले सडक खुल्ला देखिएको छ ।

झोंछे बसन्तपुरको नौतले दरबार अगाडि पर्छ । यसलाई पर्यटकीय क्षेत्रका रुपमा पनि लिइन्छ । यहाँका अधिकांश सडकहरु सधैँ व्यस्त देखिन्छन् । त्यति मात्र नभई दुई पांग्रे र चार पांग्रे सवारीले साना सडक ढाकिदिँदा पैदलयात्रुलाई आवतजावत गर्न निकै मुस्किल हुने गर्छ ।

तर झोंछे वडा नम्बर–२३ मा भने गत सोमबारदेखि स्थानीयबासी, अभियान्ता र महानगर मिलेर अव्यवस्थित पार्किङलाई व्यवस्थापन कार्यको थालनी गरेका हुन् । स्थानीय युवाले सो क्षेत्रमा देखिएको व्यस्त पार्किङको समस्या समाधान गर्नका लागि अभियान नै चलाएका थिए ।

‘आपत्तकालीन घटना, बिरामी तथा दुर्घटना भएको खण्डमा दमकल, एम्बुलेन्स तथा अत्यावश्यक सवारी साधनसमेत प्रवेश गर्न कठिनाइ हुन्थ्यो’ स्थानीय प्रकाश मानन्धरले खबरहबसँग भने ‘एक सातादेखि त्यो समस्याको हल भएको छ ।’

अहिले झोंछेका सडक खुल्ला देखिन्छन् । सवारी धनीले मोटरसाइकल तथा स्कुटर सडकको एक छेउमा एक लाइनमा मात्र पार्किङ गर्न पाउँछन् । पार्किङलाई व्यवस्थित बनाएसँगै भारी बोकेर हिड्ने मजदुर, आन्तरिक तथा बाह्य पर्यटक, बटुवाले सहजले हिड्न पाएका छन् ।

सो पार्किङ व्यवस्थापनका लागि महानगरीय प्रहरी वृत्त जनसेवा, काठमाडौं महानगरपालिका हनुमान ढोका दरबार संरक्षण कार्यक्रम र काठमाडौं महानगरपालिका नगर प्रहरी महाशाखाले सहयोग गरेका छन् ।

त्यस्तै झोंछे पुचः लायकुसाः मानन्धर समाज, न्हुसास् टोल सुधार समिति, स्थानीयबासी, व्यवसायी सबैको सहकार्यबाट अव्यवस्थित पार्किङलाई व्यवस्थापन गरिएको हो ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ५ : १९ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज