भारतका पूर्व वित्तमन्त्री चिदम्बरमलाई १५ दिन न्यायिक हिरासतमा राख्न आदेश « Khabarhub

भारतका पूर्व वित्तमन्त्री चिदम्बरमलाई १५ दिन न्यायिक हिरासतमा राख्न आदेश


१९ भदौ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतका पूर्व वित्तमन्त्री पी चिदम्बरमलाई आगामी १५ दिनसम्म न्यायिक हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।

भ्रष्टाचारको अभियोग लागेका उनलाई सीबीआई आदालतले आगामी १५ दिनसम्म न्यायिक हिरासतमा राख्न आदेश दिएको हो । उनलाई तिहाड जेलमा राखिने छ ।

हाल उनी भारतको अनुसन्धान व्यूरो सीबीआईको मुख्यालयको अतिथि कक्षमा रहँदै आएका थिए । उनलाई तिहाड जेलको कारागार नम्बर १ को ९ वार्डमा राखिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जेलमा उनलाई बेग्लै कक्ष, खाट, पश्चिमा शैलीको शौचालय र औषधीजस्ता सुविधा उपलब्ध गराइने जनाइएको छ । सीबीआईको हिरासतमा उनलाई ९० घण्टामा ४ सयभन्दा धेरै प्रश्न सोधिएको थियो ।

आईएनएक्स मिडियाका सम्बन्धमा वित्तमन्त्री रहँदा चिदम्बरमले आफ्ना छोरा कार्ति चिदम्बरमका नाममा शक्तिको दुरुपयोग गरी ठूलो रकम हिनामिना गरेको अभियोग लागेको छ ।

उनले भने आफूले कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : १९ भदौ २०७६, बिहिबार  ७ : ४६ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’