आईएस पूर्व प्रमुख बग्दादीकी दिदी टर्कीमा पक्राउ « Khabarhub

आईएस पूर्व प्रमुख बग्दादीकी दिदी टर्कीमा पक्राउ


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टर्की- इस्लामिक स्टेट समूहका पूर्वप्रमुख अबु बकर अल-बग्दादीकी दिदी पक्राउ परेकी छिन् ।

अमेरिकी विशेष फौजले अक्टोबर २६ तारिखमा उत्तरी सिरियामा गरेको कारबाहीमा मारिएका अल-बग्दादीकी दिदीलाई टर्कीमा पक्राउ गरिएको जनाइएकाे छ ।

उत्तरी सिरियाको अजाज नगर नजिकैबाट अल-बग्दादीकी ६५ वर्षीया दिदी रस्मिया अवादलाई सोमवार पक्राउ गरिएको टर्कीका अधिकारीहरूले बताएका छन्।

उक्त नगर हाल टर्कीको नियन्त्रणमा रहेको सिरियाको अलेप्पो प्रान्तमा पर्छ। अजाज नगरमा अवाद आफ्ना पति र परिवारका अन्य सदस्यसहित बस्दै आएको बताइएको छ।

टर्कीका एक अधिकारीले अवादलाई ‘सूचनाको खानी’ भन्दै उनले थुप्रै सूचना दिन सक्ने बताएका छन्। पश्चिमा विज्ञहरूले टर्कीको दाबीबारे सन्देह व्यक्त गरेका छन्। तर अवादसँग अल-बग्दादीको जीवन र आईएसको संरचनाबारे आन्तरिक जानकारी हुन सक्ने उनीहरूको भनाइ छ।

टर्कीका सञ्चार निर्देशक फहरेतिन आल्तुनले अल-बग्दादीकी दिदीलाई पक्राउ गरिएको ट्वीटमार्फत्‌ पुष्टि गरेका छन्।

उनले लेखेका छन्, “दर्शन र तिनीहरूको उत्पत्तिको वास्ता नगरी आतङ्कवादविरुद्ध टर्कीको लडाइँ अक्षुण्ण रहनेछ।”

“अल-बग्दादीकी दिदीको गिरफ्तारी हाम्रो प्रतिआङ्कवादको कारबाहीमा अर्को एउटा सफलताको उदाहरण हो।”

टर्कीका एक अधिकारीले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार अल-बग्दादीकी दिदीको गिरफ्तारीले ‘आईएसका आन्तरिक गतिविधि’बारे थाहा पाउन सघाउन सक्छ।

अल-बग्दादीकी दिदीबारे त्यति धेरै जानकारी छैन र पक्राउ गरिएकी महिलाबारे बीबीसीले अहिलेसम्म स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सका अनुसार अल-बग्दादीका पाँच दाजुभाइ र धेरै दिदीबहिनी भए पनि उनीहरू सबै जीवित रहे वा नरहेको स्पष्ट छैन। बीबीसीबाट

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  १० : १८ बजे

सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)

सुनसरी– नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ

क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको