१३ पटकको च्याम्पियन रियल च्याम्पियन्स लिगबाट बाहिरियो « Khabarhub

१३ पटकको च्याम्पियन रियल च्याम्पियन्स लिगबाट बाहिरियो


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस महारथि रियल मड्रिडलाई युईएफए च्याम्यिन्सलिग दोस्रो लेगमा पराजित गर्दै अजाक्सले क्वाटरफाइनलमा स्थान बनाएको छ । १३ पटकको युरोपिय च्याम्पियन रियल अजाक्ससँगको खेलमा पराजित हुँदै च्याम्पियन्सलिगबाट बाहिरिएको हो ।

मंगलबार राति स्टाडियो सान्टीयागो वर्नबेउमा भएको खेलमा रियल अजाक्ससँग ४—१ गोल अन्तरले पराजित भयो ।

२२ वर्षपछि अजाक्सले रियललाई पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको हो । रियलविरुद्ध आक्रामक देखिएको अजाक्सका लागि हाकिमी जियाइच र डेभिड नेरेसले लगातार ७ औं र १८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।

पहिलो हाफमा २—० गोलले पछि परेको रियलविरुद्ध अजाक्सका डुसान ताडिकले ६२ औं मिनेटमा गोल गर्दै ३—० को फराकिलो अन्तर बनाएको थियो ।

३ गोलले पछि परेको रियलका लागि मार्को असेन्सोले ७० औं मिनेटमा अजाक्सविरुद्ध पहिलो गोल फर्काएका थिए । तर, त्यसको ठीक २ मिनेटपछि अजाक्सका लासे स्क्होनेले टिमका लागि चौथो गोल गर्दै रियललाई ४—१ अन्तरले पराजित गर्यो ।

शनिबारमात्रै बार्सिलोनासँग पराजित भएको रियलले लय समात्न नसक्दा च्याम्यिन्सलिगको यो सिजनको यात्रामा बिराम लागेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १० : १३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५